काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने दाबी गलत सावित भएको बताएका छन्।
आइतबार पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महतले चुनावअघि नेतृत्व परिवर्तनको माग गर्नेहरूले त्यसबाट पार्टीलाई निर्वाचनमा फाइदा हुने दाबी गरे पनि परिणामले त्यसलाई पुष्टि नगरेको टिप्पणी गरे।
सभापति गगन थापाको नाम नलिई उनले चुनावअघि नेतृत्व परिवर्तन भए कांग्रेसले निर्वाचनमा राम्रो परिणाम ल्याउने र आफ्नै नेतृत्वमा सरकार गठन हुने दाबी गरिएको स्मरण गरे।
‘के दाबी गरिएको थियो भने आमनिर्वाचनअघि नै हाम्रो नेतृत्व भयो भने मात्रै आमनिर्वाचनमा परिणाम आउँछ पार्टीको पक्षमा, सरकार हामीले बनाउन सक्छौँ। देशको शासनसत्ता नै चलाउने, प्रधानमन्त्री हुने भनिएको थियो, उहाँ स्वयं पनि हार्ने परिस्थिति आयो,’ महतले भने।
महतले कांग्रेसको १५औँ महाधिवेशनमा आफूहरूले निर्वाचन निष्पक्ष हुने सुनिश्चितता खोजेको पनि बताए। महाधिवेशनको निष्पक्षता कायम गर्न सक्रिय सदस्यताको टुंगो, पार्टी विधान, अनुशासन र महाधिवेशन प्रतिनिधिको विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
उनले पार्टीभित्र नेतृत्व चयनको प्रक्रिया निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै महाधिवेशनलाई स्वच्छ ढंगले सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने बताए।
महतको यो भनाइ कांग्रेसभित्र आगामी महाधिवेशनको तयारी, नेतृत्व परिवर्तन र निर्वाचनको परिणामलाई लिएर नेताहरूबीच बहस चलिरहेका बेला आएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...
श्रावण २४ गते, २०८३ - १६:०७
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...
श्रावण २४ गते, २०८३ - १५:४९
दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...
श्रावण २४ गते, २०८३ - १५:४४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...
श्रावण २४ गते, २०८३ - १५:२७
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...
श्रावण २४ गते, २०८३ - १५:२०
पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...
श्रावण २४ गते, २०८३ - १५:१०
काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...
श्रावण २४ गते, २०८३ - १५:००
काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...



प्रतिकृया लेख्नुहोस्: