काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ।
ग्यास आपूर्ति तथा वितरणमा देखिएका समस्या पहिचान गरी तत्काल समाधान गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा गठन गरिएको टिमले दैनिक रूपमा उपभोक्ताका गुनासा सुन्ने र सम्बन्धित निकायसँग समन्वय गरेर ग्यास उपलब्ध गराउने काम गरिरहेको छ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको टिममा निगमका कर्मचारी तथा ग्यास उद्योगीका प्रतिनिधि सहभागी छन्। उपभोक्ताले फोनमार्फत ग्यास नपाएको गुनासो राख्ने र टिमले सम्बन्धित उद्योग तथा विक्रेतासँग सम्पर्क गरी समस्या समाधान गर्ने गरेको निगमले जनाएको छ।
निगमका अनुसार ग्यास वितरणसँग सम्बन्धित दैनिक तीन सयदेखि चार सयभन्दा बढी गुनासा आउने गरेका छन्। शनिबारसमेत टिम सक्रिय भएर उपभोक्ताका समस्या सम्बोधन गरिरहेको निगमको भनाइ छ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठका अनुसार ग्यास नपाएको गुनासो आएपछि नजिकका ग्यास उद्योग तथा डिलरसँग समन्वय गरी उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रयास भइरहेको छ।
‘उपभोक्ताबाट ग्यास नपाएको गुनासो धेरै आइरहेको छ। त्यस्ता गुनासो आएपछि नजिकका उद्योग र डिलरलाई सम्पर्क गरेर ग्यास उपलब्ध गराउने काम गरिरहेका छौँ,’ श्रेष्ठले भने।
उनका अनुसार विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा सुत्केरी महिलालाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउने उद्देश्यले समेत टिम सक्रिय छ। तर कतिपय अवस्थामा डिलरमै ग्यास नपुगेको गुनासो आउने गरेको उनले बताए।
उपभोक्ताबाट प्राप्त गुनासो टिपोट गर्ने, सम्बन्धित ग्यास उद्योग तथा विक्रेतासँग समन्वय गर्ने र आवश्यकता हेरेर आपूर्ति व्यवस्थापन मिलाउने काम भइरहेको सङ्घले जनाएको छ।
पूर्ण तौलको सिलिन्डरपछि बढ्यो दबाब
पछिल्लो समय बजारमा ग्यासको माग उच्च हुँदा उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको नेपाल आयल निगमको भनाइ छ। ग्यासको आयात नियमित रहे पनि मागअनुसार बजार व्यवस्थापन गर्न चुनौती देखिएको निगमले जनाएको छ।
पश्चिम एसियामा भएको युद्धको प्रभावका कारण आपूर्ति व्यवस्थामा दबाब परेपछि बजारमा ग्यासको अभाव कम गर्न गत फागुन २८ गतेदेखि आधा तौल अर्थात् ७.१ किलोको सिलिन्डर वितरण गरिएको थियो।
गत असार ३१ गतेदेखि भने पूर्ण तौल अर्थात् १४.२ किलोको सिलिन्डर पुनः वितरण सुरु गरिएपछि बजारमा माग एकाएक बढेको र त्यसको प्रभाव आपूर्तिमा परेको बताइएको छ।
उपभोक्तालाई तत्काल राहत दिन ‘क्विक रेस्पोन्स’ टिमले गुनासा संकलनसँगै सम्बन्धित उद्योग र डिलरसँग समन्वय गरिरहेको छ। तर बजारमा नियमित आपूर्ति सुनिश्चित गर्न भने माग र वितरणबीचको असन्तुलन हटाउनुपर्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...



प्रतिकृया लेख्नुहोस्: