Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

खबरडबली संवाददाता

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तयारीमा जोड दिएको छ। पार्टीले एकै कार्यक्रममा १ हजार जना विभिन्न दलका नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेको दाबी गरेको छ।

रास्वपा रूपन्देहीका जिल्ला सभापति महेन्द्र उपाध्यायका अनुसार कार्यक्रममा रक्तदान, नि:शुल्क दन्त परीक्षण, पद हस्तान्तरण, सम्मान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको थियो।

उनका अनुसार पार्टीका विभिन्न जिम्मेवारीमा रहेका करिब ४ हजार नेता–कार्यकर्तालाई सम्मानसहित पद हस्तान्तरण गरिएको थियो। कार्यक्रममा अन्य राजनीतिक दलका करिब १ हजार नेता–कार्यकर्ता रास्वपामा प्रवेश गरेको उनले बताए।

नवप्रवेशीलाई रास्वपाका केन्द्रीय महामन्त्री विपिनकुमार आचार्यले स्वागत गरेका थिए। कार्यक्रममा पार्टीका शीर्ष नेतासहित ठूलो संख्यामा नेता–कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै अहिलेदेखि नै तयारीमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।

उनले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने दाबी गर्दै देश निर्माणका लागि समय लाग्ने भएकाले निरन्तर नागरिकको साथ आवश्यक रहेको बताए।

आचार्यले पार्टीले गलत काम गरे प्रश्न गर्न पनि नागरिकलाई आग्रह गरे। ‘हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोला, तपाईँको प्रश्नले हामीलाई बलियो बनाउँछ,’ उनले भने।

त्यस्तै, रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले देशमा व्याप्त बेथिति अन्त्य नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताए।

प्रतिनिधिसभा सदस्य डा। लेखजङ्म थापाले भ्रष्टाचार अन्त्य, सुशासन र समृद्धिको लक्ष्य पूरा गर्न सबैको साथ आवश्यक रहेको बताए।

रास्वपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारप्रति नागरिकको ठूलो अपेक्षा रहेको बताइन्। उनले जनताको अपेक्षा पूरा गर्ने गरी पार्टी अघि बढ्नुपर्नेमा जोड दिइन्।

रास्वपा नेता नारायण भण्डारीका अनुसार कार्यक्रममा करिब ५ हजार नेता–कार्यकर्ता सहभागी भएका थिए। पार्टीले आइतबार पनि नेता–कार्यकर्तासँगको भेटघाट तथा संगठनात्मक गतिविधिलाई निरन्तरता दिएको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...

तस्वीरमा हेर्नुस् विश्व आदिवासी दिवस

काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।   ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending