Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्सेनि मनसुन भित्रिएसँगै पश्चिम नवलपरासीको सुस्तावासीको धड्कन बढ्छ - कतिबेला नारायणीले बस्ती र उब्जाउ जमिन निल्ने हो भन्ने त्रासले।

यतिबेला फेरि नारायणी नदीले कटान थालेपछि सुस्तावासी आफ्ना घरखेत जोगाउने अन्तिम प्रयासमा जुटेका छन्। नदीको बहावले बस्ती नै खतरामा पारेपछि सुस्ताका बासिन्दा र सुरक्षा निकाय एउटै मोर्चामा उभिएर नदी नियन्त्रणको कार्यमा खटिएका छन्।

नदीको बहाव बस्तीतर्फ सोझिन नदिन यतिबेला कटान भइरहेको स्थानमा काम भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा काँधमा काँध मिलाएर अस्थायी बाँध निर्माणमा जुटेका छन्।

प्रविधिको पर्याप्त पहुँच नभएको संवेदनशील सीमा क्षेत्रमा अहिले बालुवा भरिएका बोरा, तारजाली (गेबियन) र रुखका हाँगाबिँगा प्रयोग गरेर नदी नियन्त्रणको काम भइरहेको छ। स्थानीय बासिन्दा श्रमदानमार्फत बोरा बोकिरहेका छन् भने सुरक्षाकर्मी कटान रोक्न नदीकै छेउमा खटिएका छन्।

सुस्ताको यो नियति नयाँ भने होइन। बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन नारायणीमा विलीन हुँदै आएको छ। तर यसको दीर्घकालीन समाधान नहुनुमा प्राविधिकभन्दा बढी सीमापारको राजनीतिक र प्रशासनिक अड्चन जिम्मेवार देखिन्छ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार कटान रोक्न पक्की तटबन्ध निर्माणका लागि ठेक्का प्रक्रियासमेत सम्पन्न भइसकेको थियो। तर सीमावर्ती भारतीय पक्षले पुर्‍याएको अवरोधका कारण निर्माण काम ठप्प बन्यो।

“भारतीय पक्षको अवरोधका कारण ठेक्का भइसकेको पक्की तटबन्धको काम पनि अधुरै रह्यो,” प्रवक्ता जयसवाल दु:खेसो पोख्नुहुन्छ, “नदी सोझै गाउँमा पस्ने जोखिम बढेपछि सुरक्षा निकायको सहयोगमा हामी स्थानीय स्रोत, साधन, मेसिन र आफ्नै श्रमदानबाट भए पनि अस्थायी तटबन्ध बनाएर गाउँ जोगाउने प्रयासमा छौँ।”

नदीको कटानले उग्र रूप लिएपछि सङ्घीय सांसद विक्रम खनाल, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल र जिल्लाका सबै सुरक्षा निकायका प्रमुखको टोली सुस्ता पुगेर फर्किएको छ। टोलीले प्रत्यक्ष कटान भइरहेको क्षेत्रको स्थलगत निरीक्षण गर्दै सुरक्षा र उद्धारको अवस्थाबारे जानकारी लिएको छ।

निरीक्षणका क्रममा सुस्तावासीले आफ्नो जीवन र जमिनको सुरक्षाका लागि सांसद र प्रमुख जिल्ला अधिकारीसमक्ष रुँदै आफ्ना समस्या पोखेका थिए। उनीहरूले तत्कालका लागि अस्थायी नियन्त्रण र मनसुन सकिनासाथ भारतसँग कूटनीतिक पहल गरेरै भए पनि पक्की तटबन्ध बनाइदिन जोडदार माग गरेका छन्।

सांसद खनालले सङ्घीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग समन्वय भइरहेको र आवश्यक स्रोत सुनिश्चितताका लागि छलफल जारी रहेको बताउनुभयो। यस्तै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सम्भावित ठूलो क्षति हुन नदिन स्थानीय प्रशासन, जनप्रतिनिधि र सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेको जानकारी दिए।

आफ्नै मातृभूमिमा अहोरात्र खटिएर माटो जोगाउन लागिपरेका सुस्तावासीको साहस लोभलाग्दो छ। तर बालुवाका बोरा र रुखका हाँगाले नदीको उर्लंदो रूपलाई कतिन्जेल छेक्न सक्लान् ? सुस्तालाई स्थायी रूपमा जोगाउनका लागि तत्कालको श्रमदान मात्र पर्याप्त छैन, कूटनीतिक टेबलबाट भारतीय अवरोध हटाई पक्की तटबन्ध निर्माण गर्नु नै राज्यको पहिलो दायित्व हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन...

तस्वीरमा हेर्नुस् विश्व आदिवासी दिवस

काठमाडौँ। ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।   ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको सम...

हिजो राम्रो भएन, आज पनि भएको छैन भनेर नागरिकमा आक्रोश छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा तीन प्रकारको धारणा देखिएको बताएका छन्। उनले नागरिकसँगको संवादका...

लमजुङको राइनासमा घरभित्रै ७५ वर्षीया वृद्धाको हत्या

लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...

रास्वपाले 'नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्दै', मन्त्रीले महिनामा एकपटक जनतासँग प्रत्यक्ष संवाद गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending