बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ बजारको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको करिब दुई किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अझै कालोपत्र हुन सकेको छैन ।
दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने गरी २०८१ फागुनमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ भदौ १५ गतेभित्र काम सकिनुपर्ने थियो । तर निर्धारित समयमा काम पूरा नभएपछि पहिलोपटक २०८३ असार मसान्तसम्म म्याद थपियो । थपिएको अवधिमा पनि काम नसकिएपछि अहिले पुनः २०८३ असोज मसान्तसम्मका लागि म्याद थपिएको छ ।
सडक डिभिजन कार्यालय बागलुङका अनुसार ६ करोड ७२ लाख ६५ हजार रुपैयाँमा एचसिबीजिसीएस कम्पनीले ठेक्का लिएको हो । निर्माण सुरु भएको करिब दुई वर्ष पुग्न लाग्दा सडकको भौतिक प्रगति ८० प्रतिशत मात्र रहेको कार्यालयले जनाएको छ ।
सडकमा नाली निर्माण, टेवा पर्खाल, कल्भर्ट तथा सबबेस निर्माणको काम सम्पन्न भइसकेको छ । अब बेस निर्माण र कालोपत्रको काम मात्र बाँकी रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी विष्णु लामिछानेले बताए ।
‘१२ मिटर चौडाइको दुई लेन सडकमा संरचनासम्बन्धी अधिकांश काम सकिएको छ । निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काममा ढिलाइ गरेकाले निर्धारित समयमा काम पूरा हुन सकेन,’ लामिछानेले भने, ‘अब बेस र कालोपत्रको काम बाँकी छ ।’
सडकमा अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्र गर्ने तयारी गरिएको छ । उक्त प्रविधिबाट निर्माण गरिएको सडक तुलनात्मक रूपमा टिकाउ हुने र पटक–पटक मर्मत तथा खाल्डाखुल्डी पुर्नुपर्ने समस्या कम हुने कार्यालयको भनाइ छ ।
तर निर्माण व्यवसायीले भने कालोपत्रका लागि आवश्यक बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई ढिलाइको कारण देखाएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेश श्रेष्ठले सडक संरचनासम्बन्धी सबै काम पूरा भइसकेकाले थपिएको समयभित्र पर्याप्त मजदुर र उपकरण परिचालन गरेर कालोपत्रको काम सक्ने दाबी गरे ।
यो सडकको स्तरोन्नति लामो समयदेखि स्थानीय विवादका कारण पनि प्रभावित हुँदै आएको थियो । लोकमार्ग विस्तार गर्दा घरघडेरी तथा अन्य संरचना क्षति हुने भन्दै प्रभावित बासिन्दाले संघर्ष समिति गठन गरेर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । त्यसका कारण सडक विस्तार तथा कालोपत्रको काम अघि बढ्न सकेको थिएन ।
पछि सर्वोच्च अदालतले बाङ्गेचौरदेखि उपल्लाचौर हुँदै बुर्तिबाङ चोकसम्म १५ मिटर सडक कायम गर्ने निर्णय गरेपछि निर्माणको बाटो खुलेको थियो ।
सडक स्तरोन्नतिको काम लामो समयसम्म अलपत्र पर्दा अहिले पनि यात्रु तथा स्थानीयवासीले सास्ती खेपिरहेका छन् । सडकमा रहेका खाल्डाखुल्डी र अधुरो निर्माणका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने सडक नै सम्झौतामा तोकिएको समयभन्दा झन्डै तीन गुणा बढी समय बित्दा पनि पूरा हुन नसक्नुले निर्माण व्यवसायीको कार्यसम्पादनमाथि प्रश्न उठेको छ । अब थपिएको म्यादभित्र पनि काम पूरा नभए सडक निर्माण झनै लम्बिने जोखिम देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...



प्रतिकृया लेख्नुहोस्: