Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा किसानको आन्दोलनको  समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ ।

कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन ।

सो मिलमा किसानले लगेको उखु तौलमा मिल प्रशासनले तलमाथि गरेपछि किसानहरु आन्दोलित भएका थिए । सो मिलमा रहेको काटामा जोख्दा एक टयाक्टरमा १५ देखी २० क्युन्टल उखु कम हुने गरेको किसानहरुको गुनासो छ । सोही बिषयलाइ लिएर किसानहरु आन्दोलित भएको एक किसानले बताए ।

किसानहरुको भनाइ जस्ताको त्यस्तै उतार्न भिडियो गरिरहेको अबस्थामा आफु माथि आक्रमण भएको पत्रकार तिवारीले बताए । किन भिडियो खिचिस भन्दै निर्मम तरिकाले कुटपिट गरेको पिडित तिवारीले बताएका छन । किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार तिवारी चिनी मिलमा पुगेका थिए ।

उक्त मिल कटहरिया नगरपालिकाका मेयर समेत रहेका अजय प्रकाश साहको हो । पत्रकार तिवारीको मोबाइल र क्यामरा समेत मिल सञ्चालकले लुटपाट गरेको सोही ठाउमा पुगेका अर्का पत्रकार धिरज यादबले जानकारी दिए ।

तिवारीलाइ प्रहरीको सहयोगमा सो मिलबाट उद्दार गरि गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा ल्याइएको पत्रकार अशोक कुमार पहाडीले बताए । अस्पतालमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, सचिब मदन ठाकुर लगायत पत्रकारहरु पुगेका छन ।

घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । समाचार संकलनमा पुगेका पत्रकार माथि यसरी आक्रमण हुनु अराजकताको पराकष्ठ भएको केन्द्रिय सदस्य पुरीले बताए । दोषीलाइ कुनै पनि हालतमा तत्तकाल पक्राउ गरी कार्वाही गर्न उनले माग गरे ।

यसैबिच यसै घटनाको भत्र्सना गदै नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि बिज्ञप्ती जारी गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending