Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट

खबरडबली संवाददाता

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा किसानको आन्दोलनको  समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ ।

कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन ।

सो मिलमा किसानले लगेको उखु तौलमा मिल प्रशासनले तलमाथि गरेपछि किसानहरु आन्दोलित भएका थिए । सो मिलमा रहेको काटामा जोख्दा एक टयाक्टरमा १५ देखी २० क्युन्टल उखु कम हुने गरेको किसानहरुको गुनासो छ । सोही बिषयलाइ लिएर किसानहरु आन्दोलित भएको एक किसानले बताए ।

किसानहरुको भनाइ जस्ताको त्यस्तै उतार्न भिडियो गरिरहेको अबस्थामा आफु माथि आक्रमण भएको पत्रकार तिवारीले बताए । किन भिडियो खिचिस भन्दै निर्मम तरिकाले कुटपिट गरेको पिडित तिवारीले बताएका छन । किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार संकलनका लागि पुगेका पत्रकार तिवारी चिनी मिलमा पुगेका थिए ।

उक्त मिल कटहरिया नगरपालिकाका मेयर समेत रहेका अजय प्रकाश साहको हो । पत्रकार तिवारीको मोबाइल र क्यामरा समेत मिल सञ्चालकले लुटपाट गरेको सोही ठाउमा पुगेका अर्का पत्रकार धिरज यादबले जानकारी दिए ।

तिवारीलाइ प्रहरीको सहयोगमा सो मिलबाट उद्दार गरि गरुडा स्थित हेल्थ ल्यान्ड अस्पतालमा ल्याइएको पत्रकार अशोक कुमार पहाडीले बताए । अस्पतालमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरी, रौतहट अध्यक्ष प्रेमचन्द्र झा, सचिब मदन ठाकुर लगायत पत्रकारहरु पुगेका छन ।

घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शिव पुरीले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । समाचार संकलनमा पुगेका पत्रकार माथि यसरी आक्रमण हुनु अराजकताको पराकष्ठ भएको केन्द्रिय सदस्य पुरीले बताए । दोषीलाइ कुनै पनि हालतमा तत्तकाल पक्राउ गरी कार्वाही गर्न उनले माग गरे ।

यसैबिच यसै घटनाको भत्र्सना गदै नेपाल पत्रकार महासंघ रौतहट शाखाले पनि बिज्ञप्ती जारी गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

वर्षा र पहिरोले देशभरका सडक अस्तव्यस्त, प्रमुख राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...

ग्यास नपाउने गुनासा बढेपछि ‘क्विक रेस्पोन्स’ टिम सक्रिय, दैनिक ४ सयसम्म गुनासा

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...

सडकबाट झरेको पहिरोले १३७ मुरी धान फल्ने खेत बगर बनायो, किसानको मेहनत खेर

खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending