Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

खबरडबली संवाददाता

पर्वत  ।  लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ । मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । 

दुई वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए । उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै आठ मिटर उचाइमा बहाव भइरहेको बताए । अहिलेको पानीको बहाव झन्डै दुई सय ८३ क्युसेक रहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गत साउनमा सात दशमलव ४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उनकाे भनाइ छ । 

कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका हुन् । 

बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताए । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए । 

कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो । बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झन्डै दुई सय व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।

विगत १४ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरुमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । उनले विश्वकै ठूलो शालिग्राम शिला डुबेको तर बजारसम्म भने आइनसकेको जानकारी दिए ।

स्थानीय प्रहरी चौकीका अनुसार अहिलेसम्म पनि पानीको बहाव उच्च छ । बजार क्षेत्रसँगै जोडिएको मन्दिरको सत्तल मुनिको सिँढीसम्म पानीको बहाव आइपुगे पनि खतरा भने बजारवासीलाई नरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

९ बुँदे सहमतिपछि गणेश नेपाली प्रकरणमा सहमति, परिवारले शव बुझ्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...

विदेशको सपना त्यागे, ड्रागनखेतीबाट वर्षमै १२ लाख कमाउँदै इलामका प्रविण

इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...

कोशी पम्प नहरको बाँध भत्किँदा झलही जलमग्न, धानबाली डुबानमा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...

सिंहदरबारतर्फको मार्चमा मौसमको बाधा, चपुरमै अलपत्र मिटरब्याज पीडित

रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...

अविरल वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, बीपीसहित प्रमुख राजमार्ग बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...

मध्यरातको विनाश : बैंककको पबमा भीषण आगलागी हुँँदा २७ जनाको मृत्यु, ६३ घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending