Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

तस्विरः मनाेज भट्टराई
खबरडबली संवाददाता

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नगद अनुदान वितरण गर्न थालेका छन्। आधुनिक कृषि उपकरणको प्रयोग बढेसँगै हराउँदै गएको हल गोरु र स्थानीय जातका गाई जोगाउन पालिकाहरूले प्रोत्साहन कार्यक्रम अघि सारेका हुन्।

स्याङ्जाका ११ स्थानीय तहमध्ये गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई नगद उपलब्ध गराएका छन् भने अर्जुनचौपारी गाउँपालिकाले लोकल काठे गाई पाल्ने किसानलाई वार्षिक अनुदान वितरण गरेको छ। बिरुवा गाउँपालिकाले पनि आगामी आर्थिक वर्षदेखि हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम दिने नीति लिएको जनाएको छ।

गल्याङ नगरपालिकाले ११ वटै वडाका ११५ जना कृषकलाई प्रतिहल पाँच हजार रुपैयाँका दरले कुल पाँच लाख ७५ हजार रुपैयाँ वितरण गरेको छ। नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार पावर टिलरलगायत आधुनिक उपकरणको प्रयोग बढ्दै जाँदा हल गोरु पाल्ने चलन घटेकाले परम्परागत कृषि प्रणाली जोगाउन यो कार्यक्रम सञ्चालन गरिएको हो।

फेदीखोला गाउँपालिकाले पनि विगत चार वर्षदेखि हल गोरु संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष ११ हल गोरुका लागि प्रतिहल १० हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए। गाउँपालिकाले प्रत्येक दुई वर्षमा यस्तो प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ।

यता, अर्जुनचौपारी गाउँपालिकाले लोप हुने अवस्थामा पुगेको लोकल काठे गाई संरक्षणलाई प्राथमिकतामा राख्दै एउटा गाई पाल्ने कृषकलाई मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार रुपैयाँ उपलब्ध गराएको छ। चालु आर्थिक वर्षमा ८१ वटा काठे गाईका लागि नौ लाख ७२ हजार रुपैयाँ अनुदान वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए।

उनका अनुसार काठे गाई केवल पशुधन मात्र नभई यसको गोबर, गहुँत, सिङ र हड्डीसमेत विभिन्न उपयोगमा आउने भएकाले यसको संरक्षण आवश्यक छ।

यसैबीच, बिरुवा गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एक हल गोरु पाल्ने कृषकलाई १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने नीति सार्वजनिक गरेको छ।

स्थानीय तहहरूको यस्तो पहलले हराउँदै गएको परम्परागत पशुपालन संरक्षण, स्थानीय जातका पशुको संवर्द्धन तथा किसानलाई कृषि पेशामै टिकाइराख्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोलखामा पहिरो जाँदा ४ महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी क...

९ बुँदे सहमतिपछि गणेश नेपाली प्रकरणमा सहमति, परिवारले शव बुझ्ने

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपाली प्रकरण ९ बुँदे सहमतिसँगै समाधानतर्फ उन्मुख भएको छ। सरकार र पीडित परिवारबीच आइतबार भएको ...

विदेशको सपना त्यागे, ड्रागनखेतीबाट वर्षमै १२ लाख कमाउँदै इलामका प्रविण

इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...

कोशी पम्प नहरको बाँध भत्किँदा झलही जलमग्न, धानबाली डुबानमा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...

सिंहदरबारतर्फको मार्चमा मौसमको बाधा, चपुरमै अलपत्र मिटरब्याज पीडित

रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...

अविरल वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, बीपीसहित प्रमुख राजमार्ग बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...

मध्यरातको विनाश : बैंककको पबमा भीषण आगलागी हुँँदा २७ जनाको मृत्यु, ६३ घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending