कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी नागरिकसमेत लागुऔषधको व्यापार र सेवनमा संलग्न हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ ।
प्रहरीका अनुसार पोखरामा लागुऔषध दुव्र्यसनी बढी हुनुको पहिलो कारण हिप्पीको प्रभाव हो । सन् १९६० को दशकमा पोखरामा हिप्पीको आगमन भएपछि पोखरेलीले उनीहरूबाटै लागुऔषध सेवन गर्न सिकेको अध्ययनले देखाएको छ । समाजशास्त्री विश्व सिग्देलले धेरै पर्यटक आउने र वैदशिक रोजगारीका लागि गएकाको बस्ती पोखरा भएकाले पनि लागुऔषध प्रयोगकर्ता बढ्दो क्रममा छ । हिप्पीका कारण लागुऔषधको सेवनमा लागेको लगभग तेस्रो पुस्ता भएको उनको भनाइ छ ।
उनले भने “वैदेशिक रोजगारीमा गएपछि अभिभावकको निगरानी भएन । पैसाको अभाव भएन अनि युवा कुलततिर लाग्न सहज भएको हो । पोखरामा रहेका ठुला र नाम चलेका विद्यालयका विद्यार्थी पनि लागुऔषधको दुव्र्यसनीमा सबैभन्दा धेरै फसेका छन् ।” समाजमा हुने नैराश्यकता कारण पनि दुव्र्यसनी बढेको उनको आकलन छ ।
उनले भने, “यहाँ पढेर के गर्ने ? जागिर छैन । जागिर भए उचित पारिश्रमिक छैन । देशको हालत त्यही हो भन्ने खालका नैराश्य बढेकाले पनि लागुऔषध दुव्र्यसनी बढिरहेको हुन सक्छ ।”
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले कास्कीमा लागुऔषधको अवस्था चुनौतीपूर्ण बन्दै गएको तथ्याङ्क प्रस्तुत गरे। उनले पछिल्लो पाँच वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी लागुऔषध बरामद भएको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ मा हालसम्म १२० वटा लागुऔसम्बन्धी मुद्दा दर्ता भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा २५ वटाले बढी हो ।
यस अवधिमा नौ जना विदेशी नागरिकसहित १८८ जनालाई पक्राउ गरिएको छ । सार्वजनिक सवारीसाधनका चालकसमेत लागुऔषध सेवन गरेर सवारी चलाइरहेको पाइएको उल्लेख गर्दै उनले यसलाई अत्यन्तै गम्भीर र चिन्ताजनक रूपमा चित्रण गरे । प्रहरी उपरीक्षक कार्कीले गत तीन वर्षमा कास्की जिल्लामा लागुऔषध बरामद, पक्राउ मानिसलगायत सेवनकर्ता, विक्रेता विवरण प्रस्तुत गर्दै लागुऔषधको नियन्त्रण गर्न स्वयम् परिवार, समाज र साथीभाइको मुख्य भूमिका रहेको जानकारी गराउँदै प्रहरीलाई सूचना दिन अनुरोध गरे।
‘लागुऔषधको चुनौती चिनौँ स् सामाजिक समाधानको बाटो खोजौँ’ भन्ने नाराका साथ कास्कीमा सञ्चालित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको सप्ताहव्यापी अभियानका क्रममा मात्र कास्कीका विभिन्न नाकाबाट १९ जनालाई पक्राउ गरी तीन वटा मुद्दा दर्ता गरिएको उहाँले जानकारी दिए।
प्रहरीको तथ्याङ्क अनुसार पोखराको सराङ्कोट, लामागाउँ, सिमपानी, महेन्द्र गुफा, दीप, हेम्जा, बागलुङ बसपार्क, छोरेपाटन, लेकसाइड, खहरे, पामे, जेरेवर, पृथ्वीचोक, शान्तिवन, नयाँबजार, रानीपौवालगायतका क्षेत्र लागुपदार्थ प्रभावित क्षेत्रको सूचीमा रहेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले लागुऔषध नियन्त्रणका लागि प्रशासनको सक्रियतासँगै सामाजिक जागरण अनिवार्य रहेको बताए। उनले लागुऔषधमुक्त समाज निर्माणका लागि तीन वटा मुख्य पक्षमा काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “पहिलो कुरा, सामाजिक सचेतनामार्फत युवालाई कुलतमा लाग्न नदिने, दोस्रो कुरा, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने र तेस्रो कुरामा कुलतमा परिसकेकालाई पुनस्र्थापना केन्द्रमार्फत समाजमा फर्काउने काम गर्न सक्नु पर्छ ।”
उहाँले समाजमा बढ्दो विकृति र विसङ्गतिको अन्त्य सुरक्षा निकायको प्रयासले मात्र सम्भव नहुने भन्दै घरपरिवार, विद्यालय, समुदाय, नागरिक समाज तथा सरोकारवाला सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
प्रतिकृया लेख्नुहोस्: