तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ तथा मातहतका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले तीव्र पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार सुरक्षा संवेदनशीलता र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यो विशेष अभियान चलाइएको हो । सवारी साधनको सिसा कालो बनाउँदा भित्र को छ र के भइरहेको छ भन्ने कुरा बाहिरबाट नदेखिने हुनाले यसकै आडमा विभिन्न आपराधिक गतिविधिहरू हुन सक्ने जोखिम रहन्छ ।
यसका साथै खराब मौसम वा रातिको समयमा कालो सिसाका कारण चालकको ‘भिजिबिलिटी’ कमजोर भई दुर्घटना बढ्ने हुनाले पनि यो अभियान सञ्चालन गर्नु परेको प्रनाउ घिमिरेले बताए।
सिसा पारदर्शी हुँदा चालकले सिट बेल्ट बाँधे/नबाँधेको वा सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरेनगरेको विषयमा ट्राफिक प्रहरीलाई निगरानी गर्न सहज हुने र यसले सडक अनुशासन कायम गराउने विश्वास प्रहरीको छ ।
नियमित ट्राफिक चेकिङका क्रममा प्रहरीले १७ वटा सवारी साधनको कालो स्टिकर हटाइसकेको र यो क्रमलाई निरन्तर जारी राखिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले सम्पूर्ण यातायात व्यवसायी, चालक तथा सवारी धनीहरूलाई नियम विपरीत कालो स्टिकर प्रयोग नगर्न सचेत गराएको छ ।साथै, ट्राफिक नियमको पूर्ण पालना गरी सुरक्षित र सभ्य नागरिकको पहिचान दिन समेत प्रहरीले अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...
आषाढ़ १८ गते, २०८३ - ११:२२
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...
आषाढ़ १८ गते, २०८३ - ११:०६
काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...
आषाढ़ १८ गते, २०८३ - १०:५०
दमक। झापाको कमल गाउँपालिका–६ स्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक महिनाको अवधिमा दुई पटक चोरी भएपछि विद्यालयको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। ...
आषाढ़ १८ गते, २०८३ - १०:३०
काठमाडौं। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ। परिषद्का सचिव मोह...
आषाढ़ १८ गते, २०८३ - १०:१६
कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ स्थ...
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...



प्रतिकृया लेख्नुहोस्: