घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छात्रवृत्ति कार्यक्रम प्रभावकारी बन्दै गएको छ। हाल वडाले १०३ जना विद्यार्थीलाई स्नातक तथा प्राविधिक शिक्षा नि:शुल्क अध्ययन गराइरहेको छ।
उचानिम्बु निवासी सागर चौधरी अहिले लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्ष अध्ययनरत छन्। गाउँमै माध्यमिक शिक्षा पूरा गरेका चौधरीलाई भर्ना शुल्क र मासिक शुल्कको व्यवस्थापन गर्न कठिन भएपछि उच्च शिक्षा निरन्तरता दिने चुनौती थियो। तर वडा कार्यालयले भर्नादेखि मासिक शुल्कसम्मको व्यवस्था गरिदिएपछि अध्ययन सहज भएको उनी बताउछिन्।
“वडाको छात्रवृत्ति नभएको भए काम गरेर पैसा जुटाउँदै पढ्नुपर्ने अवस्था थियो। अहिले क्याम्पस शुल्कको चिन्ता छैन,” चौधरीले भनिन्।
हस्नापुर निवासी प्रमिला केसी पनि यही कार्यक्रमबाट लाभान्वित विद्यार्थीमध्ये एक छिन्। देउखुरी बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्ष अध्ययनरत उनका अनुसार घरको आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा निरन्तरता दिन कठिन थियो। वडा कार्यालयले शुल्क व्यवस्थापन गरिदिएपछि ढुक्क भएर अध्ययन गर्न पाएको उनको भनाइ छ।
वडाध्यक्ष मोहन गिरीका अनुसार हाल वडाले स्नातक तहका ७७ र प्राविधिक शिक्षातर्फ २६ गरी कुल १०३ जना विद्यार्थीलाई छात्रवृत्तिमार्फत अध्ययन गराइरहेको छ। स्नातकतर्फ देउखुरी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायका ५० र व्यवस्थापन सङ्कायतर्फ बिबिएसका २७ जना विद्यार्थी अध्ययनरत छन्।
प्राविधिक शिक्षातर्फ आदर्श नमुना माध्यमिक विद्यालय, देउपुरमा सब–ओभरसियर विषयका ११, बालजनता माध्यमिक विद्यालय, वनगाउँमा कृषि विषयका १० तथा सूर्योदय माध्यमिक विद्यालय, नर्तीमा आर्किटेक इन्जिनियरिङ विषयका पाँच जना विद्यार्थीले नि:शुल्क अध्ययन गरिरहेका छन्।
आर्थिक वर्ष २०८०/८१ देखि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम पछिल्ला दिनमा अझ प्रभावकारी बन्दै गएको वडाध्यक्ष गिरीले बताए।
देउखुरी बहुमुखी क्याम्पसका प्रमुख शिव वलीका अनुसार क्याम्पसमा लमही नगरपालिका–१, ३, ६, ७ र ८ का गरी २०६ जना विद्यार्थी विभिन्न वडाबाट प्रदान गरिएको छात्रवृत्तिमा अध्ययन गरिरहेका छन्। क्याम्पसमा भर्ना शुल्क ६ हजार २५० रुपैयाँ र मासिक शुल्क ८ सय रुपैयाँ रहेको छ।
वडा नं.७ ले चालु आर्थिक वर्षमा छात्रवृत्ति कार्यक्रमका लागि २२ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २९ गते, २०८३ - ११:३१
कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माणाधीन पोखरीमा देखिएका तीन वटा हात्ती सोमबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज फर...
आषाढ़ २९ गते, २०८३ - ११:१६
बारा। बाराको कलैया उपमहानगरपालिका–११ घोघडरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे स्थानी...
आषाढ़ २९ गते, २०८३ - १०:४२
काभ्रेपलाञ्चोक । अविरल वर्षापछि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीस्थित इको क्षेत्रमा सडक भासिँदा नेपाल–चीन जोड्ने तातोपानी नाका सोमबारदेख...
आषाढ़ २९ गते, २०८३ - १०:३३
घोराही । आर्थिक अभावका कारण उच्च तथा प्राविधिक शिक्षा बीचमै छाड्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यले लमही नगरपालिका–७ ले सञ्चालन गरेको नि:शुल्क छ...
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...



प्रतिकृया लेख्नुहोस्: