काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बस्नुभएका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छन् । यही वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनशन बस्नुभएका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न उहाँले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको हो ।
मुख्यसचिव शङ्करदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका प्रधानमन्त्री दाहालले शुक्रबार साँझ मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिवारे जानकारी लिएको हो ।
सोक्रममा कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आए लगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराएको थिए । उनले मन्त्रालयबाटै डा नवीन घिमिरे, डा माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसानसामु पठाइए पनि हालसम्म सहमतिमा नआएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएको थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - ११:३६
उर्लाबारी। असोज २१ साँझ मोरङको लेटाङ नगरपालिका-२, स्कुलचोकबाट बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न भएको अभियोगमा मोरङ प्रहरीले एकजनालाई ...
मंसिर २२ गते, २०८२ - ११:२३
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्...
मंसिर २२ गते, २०८२ - ११:०९
काठमाडौँ। शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ ...
मंसिर २२ गते, २०८२ - ११:०३
बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले उम्मेदवार सिफारिस गरेको छ । शनिबार बैतडी सदरमुकाममा सम्प...
मंसिर २२ गते, २०८२ - १०:४९
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा प्रभाकरले गृहजिल्ला रुकुम पश्चिम पुगेपछि पह...
मंसिर २२ गते, २०८२ - १०:३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण हुन लागेको ‘ओली कुटी’ को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ...
मंसिर २२ गते, २०८२ - १०:१८
बैतडी । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो । आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्र...
मंसिर २१ गते, २०८२ - १७:१८
ललितपुर। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान तथा वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा अर्...
मंसिर २१ गते, २०८२ - १६:५७
काठमाडौँ। ओपनरद्वय साम हेजलेट र फाफडु प्लेसिस चम्किएपछि विराटनगर किङ्ग्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको क्वालिफायर–१ मा प्रवेश गरेको छ । त्र...
मंसिर २१ गते, २०८२ - १६:२७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि राजनीतिक दलहरूकै सरकार बन्ने दाबी गरेका छन्। अहिले धेरैले ‘फेरि त्यही पुर...




प्रतिकृया लेख्नुहोस्: