Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौ। काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन पनि दिइएको छ ।    

कामपा शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी कामपाको छ । 

यसैगरी यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सुरु गर्न लागिएको छ । सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियामित समयममै विद्यालय जान्छन् र अन्य अतिरिक्त क्रियाकलाप गरेर वा व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन् । प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको  छ ।     

उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गर्नाका साथै प्राधानाध्यापकसँग छलफल पनि भइसकेको छ । सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको र यो विद्यार्थीको लागि जीवनोपयोगी शिक्षा हुने अधिकारी कोइरालाको भनाइ थियो ।   उक्त कार्यका  लागि कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको र आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बजाउने तयारी छ ।  

 उक्त कार्यक्रम यसवर्ष सामुदायिक विद्यालयमा र आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय रहेकामा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

यसरी गरिने अतिरिक्त क्रियाकलाप (हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूगत छलफल) मध्याह्नपछि  खेल्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिने छ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीका लागि हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...

एक महिनाभित्र काम थाल्न ठेकेदारलाई मन्त्री घिसिङको अल्टिमेटम

तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending