काठमाडौँ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्मा टेवल हुने बताएका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता महतले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने प्रतिबद्धता समेत दिइसकेको बताए ।
उनले सरकारले एमसीसी टेबल गर्न आग्रह गरिसकेको र सभामुखले प्रतिबद्धता समेत जनाएको बताए ।
‘सभामुखबाट प्रतिबद्धता आइसकेको छ, भोलिको बैठकमा एमसीसी टेबल हुन्छ,’ उनले भने । तर, सम्भावित कार्यसूचीमा त समेटिएन नि रु भन्ने प्रश्नमा प्रवक्ता महतले भने, ‘अहिले नभए त्यो फेरि थपिएला, तर भोलि टेबल हुन्छ ।’
प्रवक्ता महतले एमसीसीबारे गलत प्रचार भएको भन्दै अहिले विरोध गर्नेहरू नै त्यसको सम्झौता प्रक्रियामा सहभागी रहेको बताए । ‘जो विरोध गर्दैछन्, उनीहरू नै एमसीसी सम्झौता प्रक्रियामा संलग्न छन् । अझ संसद्बाट अनुमोदन गर्नुपर्छ भन्ने बुँदा नै केपी ओलीजीको सरकारले गरेको हो,’ उनले भने, ‘हिजो एउटा कुरा, आज अर्को कुरा गरेर बोली फेरेको राम्रो होइन, त्यसको जनताले मूल्यांकन गर्छन् ।’
उनले यो सहयोग प्रक्रियामा सबै ठूला राजनीतिक दल र नेताहरू सरकारमा हुँदा यसको प्रक्रियामा सहभागी हुनुहुन्छ । कोही अछुतो छैन । यसको प्रक्रिया थाल्दा नेकपा (माओवादी केन्द्र)कै सरकार थियो, त्यो बाबुराम भटराईजी प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो,’ उनले भने, ‘अस्ति ओलीजीको सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर संसद्मा दर्ता गराउनुभएको हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: