हेटौंडा । विश्व रक्तदाता दिवसको अवसरमा मकवानपुरको हेटौंडामा बृहत् खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। खड्का समाज मकवानपुर र रक्तदाता समाज मकवानपुरको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र मकवानपुरको सहकार्यमा यही जेठ ३१ गते हेटौंडाको बुद्धचोकमा कार्यक्रम सञ्चालन हुने भएको हो।
बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा खड्का समाज मकवानपुरका अध्यक्ष दीपक खड्काले सम्पूर्ण खड्का बन्धु तथा आम नागरिकलाई सहभागी भई रक्तदान गर्न आग्रह गरेका छन्। रक्त अभावका कारण कसैले पनि जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
रक्तदाता समाज मकवानपुरका अध्यक्ष पूर्णप्रसाद अर्यालले विश्व रक्तदाता दिवसको शुभकामना व्यक्त गर्दै रक्तदान मानव सेवाको उत्कृष्ट माध्यम भएको उल्लेख गरे। उनले दुर्घटना, आकस्मिक उपचार तथा विभिन्न रोगका बिरामीका लागि रक्तदान जीवनदायी हुने भएकाले कार्यक्रममा सक्रिय सहभागिता जनाउन सबैलाई आह्वान गरे।
रक्तसञ्चार केन्द्र मकवानपुरका प्रमुख टङ्क दाहालले कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार रक्तदान गर्ने रक्तदातालाई खादा र प्रमाणपत्र प्रदान गरी सम्मान गरिनेछ।
आयोजकले नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, विभिन्न राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, सामाजिक संघसंस्था, व्यवसायी, कर्मचारी तथा सर्वसाधारण नागरिकलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
रक्त अभाव न्यूनीकरण गर्दै समाजमा मानवीय सेवा र रक्तदानप्रतिको सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी भई रक्तदान गर्न तथा अरूलाई पनि प्रेरित गर्न आयोजकले अनुरोध गरेका छन्।
‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा एक व्यक्तिको रक्तदानले धेरैको जीवन बचाउन सक्ने भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २१:१०
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...
आषाढ़ ३१ गते, २०८३ - २०:५२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...
आषाढ़ ३१ गते, २०८३ - २०:३९
काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...
आषाढ़ ३१ गते, २०८३ - २०:१९
बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...



प्रतिकृया लेख्नुहोस्: