Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

टेलिभिजनमा मन्त्रीले दिएको अभिव्यक्तिप्रति एमालेको गम्भीर ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ । एमालेका स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले विज्ञप्ती जारी गर्दै मन्त्री खतिवडालाई बर्खास्त गर्न माग गरेका हुन् ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरूमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्ने प्रयासहरु भइरहेको भट्टराईले विज्ञप्तीमा दाबी गरेका छन् ।

यस्तै विज्ञप्तीमा स्वास्थ्यमन्त्री खतिवडाले हालै एक टेलिभिजनमा ‘खोपहरु नहराएको’ दाबी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयंले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनेर दिएको अभिव्यक्तिप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको पनि जनाइएको छ ।

३ फागुन, २०७८
प्रेस विज्ञप्ति
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्न सरकारका तर्फबाट प्रयासहरु भइरहेका छन् । यसै सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘सगरमाथा’ टेलिभिजनमा ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपियाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ । तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ बर्षका खतिवडाले द्यबतअज लय। Batch no 4120Z004 को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ ।
सांसदहरुका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ ।
उपरोक्त तथ्यबाट स्पष्ट हुन्छ– स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बद्नाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ । लक्षित वर्गले निःशुल्क खोप प्राप्त गर्ने खोप ऐन, २०७२ र खोप नियमावली, २०७४ को सामान्य ख्यालसमेत नगरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक छ ।
कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरुले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रुपमा उल्लेख गरेको छ । मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्पे्रषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोना जस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ ।
आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भत्र्सना गर्दछौं । यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।
योगेश भट्टराई
प्रमुख, स्वास्थ्य तथा जनसंख्या विभाग
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending