Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बितेका पाँच दिनमा १५ जनाले ज्यान गुमाए

आजदेखि मौसम सुधारियो

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । मुलुकका विभिन्न जिल्लामा भदौ १० पछि आएको भारी वर्षा (भदौरे झरी)मा १५ जनाले ज्यान गुमाएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले भदौ १० पछिको चार दिनमा बाढीपहिरामा परेर उनीहरुको ज्यान गएको जानकारी दिए । उनका अनुसार उक्त अवधिमा तीन जना बेपत्ता भएका छन् भने १४ जना घाइते भएका छन् । क्षतिको विवरण सङ्कलनको क्रम भने जारी छ । अवरुद्ध भएका कतिपय राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

प्राधिकरणले दिएको जानकारीअनुसार गएको जेठ ३१ पछि अहिलेसम्म मनसुनजन्य घटनामा परेर १०० जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ४४ व्यक्ति बेपत्ता भएका छन् भने १०९ जना घाइते भएका छन् । मनसुनजन्य विपद्मा परेर ३७ सरकारी कार्यालय, १६ सामुदायिक भवन र विद्यालय, २५ जलविद्युत् आयोजना, ३० मोटरेवल पुल र ३० झोलुङ्गे पुलमा क्षति पुगेको छ । 

दर्जनौँ राजमार्गमा क्षति पुगेकाले कतिपय अझै खुल्न सकेको छैन । अहिले पनि खुलाउने प्रयास जारी गरेको गृहमन्त्रालयले जनाएको छ । उक्त अवधिमा छ हजार १८१ जनालाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा सारिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । पछिल्लो चार दिनमा मात्रै झण्डै एक हजार व्यक्तिलाई स्थानान्तरण गरिएको छ । झण्डै पाँच हजार घर डुबानमा परेकामध्ये १० प्रतिशतमा क्षति भएको अनुमान गरिएको छ । क्षतिको विवरण अझै आइसकेको छैन ।

मन्त्रालयका अनुसार बेपत्ताको खोजी, आवश्यक राहत तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा अघि बढाइएको छ । यस्तै पुनःस्थापन र पुनःनिर्माणका कार्यक्रमसमेत सँगसँगै लगिएको जनाइएको छ ।

आजदेखि मौसम सुधारियो 
केही दिनदेखिको झरीले प्रभावित बनाएको जनजीवन मौसममा आएको सुधारसँगै सामान्यतर्फ उन्मुख भएको छ । आजदेखि मौसम खुले पनि बदली भने मुलुकभर नै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज ठाउँठाउँमा घाम लागिरहेको तर कतिपय ठाउँमा पानी पनि परिरहेको जानकारी दिए ।

यद्यपि हिजो अस्तिको जस्तो झरी भने नरहेको उनको भनाइ छ । आज राति बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि उनले जानकारी दिए । उनले अन्य क्षेत्रमा हल्कादेखि मध्यम पानी पर्नसक्ने भएकाले जमिन पूरै भिजिसकेको हुँदा सामान्य वर्षाले नै क्षति निम्त्याउन सक्नेतर्फ सचेत हुन अनुरोध गरेका छन् ।

उनले भने, “पूरै खुलेको छैन र पूरै ढाकेको पनि छैन, बदलीको अवस्था कायमै छ ।” उनले न्यून चापीय रेखा नेपालबाट दक्षिण सरिसकेको पनि जानकारी दिए । यसरी उक्त रेखा दक्षिण सर्नु भनेको नेपालमा वर्षा गराउने मनसुनी वायु कमजोर हुनु हो तर पनि मनसुनी वायु भने कायमै छ । अहिले पनि बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भने पानी परिरहेको छ । 

यसपालिको पछिल्लो झरी भने चार दिन रहेको जनाइएको छ । यसअघि मनसुन सुरुआती ताक र असारको मध्य समयमा दुई पटक भारी वर्षा हुँदा सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला नराम्ररी प्रभावित बनाएको थियो । केही दिनयता निरन्तरको झरीले भने तराईका साथै केही पहाडी क्षेत्रमा डुबान र बाढीपहिरोले असर गरेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले...

आज कस्तो रहला देशभरको मौसम ?

 काठमाडौँ । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्...

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending