Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

गुमनाम गाउँले

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशको राजनीतिक स्थिरता, वाम मूल्यको पुनर्जागरण र वैकल्पिक नेतृत्वको सुरुवातका रूपमा प्रस्तुत गरेका छन् । तर घोषणा भएको केही समयमै पार्टीभित्र र बाहिर उठ्न थालेको एउटा प्रश्न लगातार चर्चा बटुलिरहेको छ के नव गठित नेकपा ‘टाउको ठूलो, खुट्टा सानो’ मोडेलमा अघि बढिरहेको छैन ?

घोषणा सभादेखि अहिलेसम्म नेताको भीड, पद–व्यवस्थापन र शीर्ष तहको शक्ति–सन्तुलनमा तिव्र चहलपहल देखिँदा पार्टीको संरचनात्मक आधार भने अपेक्षित गतिले अगाडि बढ्न नसकेको अन्तरविरोध सतहमा आएको छ।

नेता धेरै, संगठन कमः  प्रारम्भिक संरचना नै असन्तुलित ?

नयाँ नेकपाको केन्द्रीय समिति र शीर्ष नेतृत्व संरचना विस्तारै पहिलो चरणमै विशाल हुँदै गएको छ। पार्टीभित्र सहअध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव, उपसचिव, विभाग प्रमुख जस्ता सूची निरन्तर बढ्दै गएका छन् । तर संगठनको वास्तविक बल ठहरिने स्थानीय तहले भने अझै पूर्णता आएको छैन।

नेकपाले घोषणा गरेको प्रदेश कमिटीहरू, १ वडा १ समिति, १ टोल १ संरचना, जस्ता नीतिहरू कागजमा रहे पनि व्यवहारमा ती गठन प्रक्रियामा खासै प्रगति नदेखिएको कार्यकर्ता तहको प्रतिक्रिया छ।

राजनीतिक विश्लेषकहरुका अनुसार हाम्रो वाम राजनीतिमा दशकौंदेखि देखिएको समस्या पुनः दोहोरिएको छ । नेतामै केन्द्रित पार्टी संरचना निर्माण र जनस्तरलाई पछि राख्ने प्रवृत्ति नयाँ नेकपामा पनि दोहोरिन थालेको संकेत छ । पार्टी टाउको त धेरै ठूला देखिन्छन्, तर खुट्टा भने अझै जमिनमा मजबुत छैनन्।

जनमतको दिशा अस्पष्टः युवा पुस्तालाई आकर्षित गर्ने एजेन्डा छैन

देशको वर्तमान राजनीतिक वातावरणमा सुशासन, रोजगारी, भ्रष्टाचार विरुद्ध लडाइँ, डिजिटल सेवाको पारदर्शिता, राजनीतिक चरित्रको रूपान्तरण जस्ता मुद्दा जनताका प्राथमिक विषय बनेका छन्।

विशेषगरी जेन–जी पुस्तामा राजनीतिक असन्तुष्टि उच्च रहेकाे छ। उनीहरू परम्परागत ठूलो–ठूलो पार्टीका भाषणभन्दा भरोसा दिलाउने कामको खोजीमा छन् । तर नयाँ नेकपाले प्रस्तुत गरेको प्रारम्भिक एजेन्डा र भाषणमा युवालाई सिधै सम्बोधन गर्ने ठोस योजना देखिएकाे छैन । यही कमजोरीकाे बिन्दुलाई देखाउँदै यदि नयाँ पार्टीले युवालाई महसुस गराउने खालको परिवर्तनकारी भाषा र कार्यक्रम ल्याएन भने, केवल नेताहरूको नामले पार्टी चलेर जाने अवस्था नरहेकाे विश्लेषकहरू कताउँछन्भ । 

पार्टीभित्रको प्राथमिकता—संगठन होइन, पद–व्यवस्थापनर ?

नेकपा गठनको पहिलो महिनामै देखिएको प्रमुख विशेषता नेतृत्व तहको तीव्र विस्तार हो। पार्टीभित्र कसलाई कुन जिम्मेवारी दिने भन्ने कुरामा धेरै छलफल भएकाे देखिन्छ । तर कार्यकर्ता विस्तार, प्रशिक्षण, सदस्यता अभियान, स्थानीय तहमा संगठन निर्माण जस्ता पक्षमा ठोस कार्ययोजना सार्वजनिक गरिएको छैन।

पार्टीभित्रका एक सदस्यका अनुसार “अहिलेसम्म मुख्य छलफल कुन विभाग कसलाई दिने, कुन समूहलाई कति प्रतिनिधित्व दिने भन्नेमा सीमित छ। जनस्तरमा कसरी जाने भन्ने बैठकहरू हटाएर राखिएको छ।”

यो टिप्पणीले नै पार्टी नेतृत्वले शीर्ष तहमा सन्तुलन मिलाउनै ऊर्जा धेरै खर्चिरहेको छ, जबकि जनता पार्टीबाट परिणाम–मुखी कदम अपेक्षा गरिरहेका छन् भन्ने जस्ता धेरै कुराकाे संकेत गरेकाे छ । 

जनता–सम्पर्कभन्दा आन्तरिक सन्तुलनमा बढी ध्यान

देशका धेरै ठाउँमा स्थानीय कार्यकर्ताले सभासमारोहहरु आयोजना गरिरहे पनि त्यो अभियान संरचित रणनीतिका आधारमा चलेको देखिँदैन । तीन महिना भित्र राष्ट्रिय स्तरको विकेन्द्रित अभियान सुरु गर्ने नव गठित नेकपाको ठूलो महत्वाकांक्षा अहिलेसम्म व्यवहारमा उत्रिन सकेको छैन।

यसैकारण, पार्टीले अहिलेभन्दा छिटो जनता–सम्पर्क अभियान सुरु नगरे, नेतृत्व विस्तारले मात्रै  ठूलो पार्टी नहुने आलोचकहरू  बताउँछन् ।

अर्को चुनौतीः समन्वय र अनुशासन

नयाँ एकीकृत पार्टीमा धेरै पृष्ठभूमिबाट आएका नेताहरू छन् । समान राजनीतिक धारणामा सहमत भए पनि दशकौंदेखिका व्यक्तिगत सम्बन्ध, गुटगत इतिहास र संगठनात्मक शैली फरक–फरक रहेका कारण समन्वय र आन्तरिक अनुशासन ठूलो चुनौती बन्न सक्छ।

यही विवाद रोक्न पार्टीले शीर्ष तह व्यापक र समावेशी राखेको भनिए पनि थुप्रै सदस्यहरू ‘अत्यधिक नेतृत्व’ नै भविष्यमा विवादको कारण बन्ने सम्भावना देख्छन्।

स्थानीय संरचना कमजोरः चुनावमा प्रभाव सीमित हुनसक्ने चेतावनी

नेपालमा कुनै पनि राजनीतिक दलको वास्तविक बल गाउँ, टोल र बुथ तहका कार्यकर्ता नै हुन्। यिनै कार्यकर्ताले भोटरको धारणा बदल्ने, चुनावी अभियान चलाउने, कसलाई समर्थन गर्ने भन्ने निर्णयलाई प्रभाव पार्ने काम गर्छन्।

तर अहिलेको अवस्थाले के देखाउँछ भने नव गठित नेकपाको तल्लो तहको संरचना अझै शुरुआती अवस्थामै छ। यदि पार्टीले धेरै ढिलो गर्यो भने आगामी स्थानीय वा संघीय चुनावका लागि प्रभावकारी संगठन तयार गर्न कठिन हुने चेतावनी विश्लेषकहरूले दिएका छन्।

पार्टीभित्र अपेक्षित सुधार–दिशा

नेकपाले यतिबेला ध्यान दिनुपर्ने केही मुख्य बुँदा रहेका छन्ः

संगठन विस्तारलाई प्राथमिकता दिनु पर्ने ।

वडा, टोल र बुथ तहमा छिटो संरचना निर्माण गर्नु पर्ने ।

 प्रशिक्षण र सदस्यता अभियान युवा पुस्तालाई केन्द्रमा राखेर कार्यक्रम गर्नु पर्ने ।

रोजगारी, उद्यम, डिजिटल पारदर्शिता हुन पर्ने । 

भ्रष्टाचारविरुद्ध कडा एजेन्डा जनता–सम्पर्कलाई नियमित प्राथमिकता दिन पर्ने ।

राष्ट्रिय संवाद, क्षेत्रीय सभा, कार्यकर्ता भेटघाट नेता–प्रधान संरचनाबाट कार्यकर्ता–आधारित मोडेलतर्फ अगाडि बढ्न पर्ने । 

शीर्ष तह सानो, कार्यकर्ता आधार बलियो कनारउने, वैकल्पिक राजनीतिक संस्कृतिको प्रत्यक्ष अभ्यास गर्न पर्ने ।  

पारदर्शी निर्णय र  स्पष्ट प्रतिवद्धता जस्ता  सुधार नआए, पार्टीले प्रारम्भमै बनाएको ठूलो प्रभाव कागजमै सीमित रहने खतरा देखिन्छ।

एकताको उत्साह संगठनको परीक्षा

नव गठित नेकपा गठनसँगै वाम राजनीतिमा एक प्रकारको उत्साह छाएको छ । तर त्यो उत्साह अहिले आलोचनाको केन्द्रमा बन्दै गएको छ।  नेता धेरै, पद धेरै, तर कार्यकर्ता र जनमत दुर्बल यही प्रारम्भिक चित्रले नयाँ पार्टीको भविष्यप्रति प्रश्नचिह्न राखिदिएको छ। यदि पार्टीले अब छिटो कार्यकर्ता–आधारित संरचना, स्पष्ट एजेन्डा र युवा–मुखी राजनीतिमा ध्यान दिएन भने “नयाँ नेकपा टाउको ठूलो, खुट्टा सानो” भन्ने प्रतिवादी टिप्पणी आगामी महिनाहरूमा झन् बलियो बन्ने सम्भावना छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज कुरेर थाकेका बिरामी, जोखिमपूर्ण सडकमा मृत्युको यात्रा

‘प्लेन आएको भए छोरा बच्थ्यो’

श्रृङ्खलाबद्ध चोरी अभियोगमा दुई जना पक्राउ

काठमाडौँ। नागार्जुन नगरपालिकाको रानीवन र सानोभर्‍याङ क्षेत्रमा श्रृङ्खलाबद्ध चोरी गरेको अभियोगमा दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरक...

मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान

जनकपुर । मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान भएको छ। आज मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकले मधेस प्रदेशसभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्...

निर्यातले धानेको चीनको कार बजार

काठमाडाैँ । चीनको घरेलु कार बजार लगातार कमजोर बन्दै गइरहेका बेला त्यहाँका अटो उत्पादकहरूले विदेशतर्फ आक्रामक विस्तार गरिरहेका छन्। यही रणनीतिक विस्तार...

९ महिनामै १६ खर्बभन्दा बढी रेमिट्यान्स, विदेशिएका नेपालीले धाने अर्थतन्त्र

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामै नेपालमा १६ खर्ब ५९ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण ...

केहीबेरमै सार्वजनिक हुँदै एसईई नतिजा, बोर्डले गर्‍यो अन्तिम तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८३ को नतिजा केहीबेरमै सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा सार्वजनिक...

ट्रेड युनियन खारेजीमा सर्वोच्च ‘स्प्लिट’, दुई न्यायाधीशले भने– “हतारमा आदेश आवश्यक छैन”

काठमाडौं । निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासभित्रै मत विभाजन देखिएको छ ...

दुई दिनदेखि बेपत्ता बालककाे खोजीकार्य जारी

सिरहा । बरियारपट्टी गाउँपालिका–४ सोहपुरस्थित मामाघरमा बस्दै आएका तीन वर्षीय बालक अभियांशुकुमार यादव दुई दिनदेखि बेपत्ता भएका छन् । गत शनिबार दिउँसोदेख...

नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकामा रहेको नेपाल टेलिकमको फाइवर इन्टरनेट टावरमा तोडफोड गरिएको छ । नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले सोही...

नीति तथा कार्यक्रमको ‘हुनेछ’ र ‘गरिनेछ’ सुन्दासुन्दा म थाकेँः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुरानै कर्मकाण्डी शैलीको निरन्तरता भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending