Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सल्लाघारी चउरमा शनिबार भेला भएका एमाले कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति बाक्लो रहे पनि त्यसभन्दा निकै बढी जनसहभागिता देखिने फोटो प्रचार गरिएको पाइएको छ । उक्त फोटो वास्तविक नभई एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट निर्माण गरिएको देखिन्छ ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा’ भन्दै फेसबुकमा सेयर गरेका तस्बिरहरूमध्ये एक फेक फोटो पनि परेको छ । त्यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले समेत उक्त फोटो सेयर गरेका थिए, तर पछि हटाएका छन् ।

सल्लाघारीमा शनिबार बिहानैदेखि एमाले कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । मध्याह्न १२ बजेपछि विभिन्न स्थानबाट जुलुस आउने क्रम सुरु भएसँगै चउरको आधाभन्दा बढी भाग सहभागीले भरिएको थियो ।

दिउँसो २ बजेपछि जुलुस आउने क्रम सकिँदा मञ्चतर्फको क्षेत्र खचाखच देखिनुका साथै पछिल्लो भागमा पनि उल्लेख्य सहभागिता देखिएको थियो ।

त्यस क्रममा केही सञ्चारकर्मीले ड्रोनमार्फत खिचेका तस्बिर र भिडिओमा वास्तविक जनसहभागिता स्पष्ट देखिन्छ, जुन उद्घाटन स्थलको भन्दै प्रचार गरिएको फेक फोटोसँग मेल खाँदैन ।

फेक फोटोमा सल्लाघारीको भौगोलिक संरचनासँग नमिल्ने दृश्य र वास्तविकभन्दा अत्यधिक मानिसको उपस्थिति देखाइएकाले त्यो एआईबाट निर्माण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि, जनसहभागिता बढाएर देखाउन फेक फोटो प्रयोग गरिएको भए पनि एमालेले विगतमा काठमाडौं उपत्यकामा आयोजना गरेका सभाहरूको तुलनामा शनिबारको महाधिवेशन उद्घाटनमा सहभागिता उल्लेख्य नै रहेको देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: