गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष मोहन बस्नेतबिच उपचार सहुलियत सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यो निर्णयले प्रतिष्ठानका कार्यसमिति सदस्य र आजिवन सदस्यलाई ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए।
उनले उपचारमा रोग र आर्थिक अवस्थामा आधारमा २५ देखि सतप्रतिशत नि:शुल्कसम्म उपचार हुने बताए। औषधीमा भने १० प्रतिशत छुट हुने सम्झौतामा उल्लेख छ ।
बस्नेतले सवैभन्दा ठुलो कुरा स्वास्थ्य भएकाले व्यवसायीक कलाकार तथा प्रतिष्ठानमा आवद्ध व्यक्तिहरुको हितका लागि उपचारमा सहुलियतको माग गरिएको बताए। उनले भने,“कलाकार स्वास्थ्यको जोखिममा रहन्छन् । बाँचौ र नाचौ भन्ने सोँचेर योजना अगाडि बढाएका हौँ ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध १८५ आजिवनसहित कार्यसमिति गरेर २५० जनाले यो सुविधा पाउने छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुम खत्रीले प्रतिष्ठानमा आवद्धहरु सबैको एउटै आर्थिक अवस्था नभएकाले उपचार सुविधा २५ प्रतिशत धेरै राम्रो भएकाले बुटवल हस्पिटल प्रालिलाई धन्यवाद दिए ।
उनले बिगतमा प्रतिष्ठानकै पदाधिकारी दुर्घटनामा परेका बेला धेरै पटक आर्थिक सङ्कलन गर्न परेकाले अहिलेको सम्झौता निकै फलदायी हुने बताए । प्रतिष्ठानले केन्द्रीय कार्यसमितिसँगै समन्वय गरेर आर्थिक समस्याका कारण उपचारमा कठिनाई हुनेहरुलाई सहयोग गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पुर्व अध्यक्ष जनक पन्थले बताए। उनले रगत अभावमा समेत आफुहरुले समन्वय गरेर सहजीकरण गरिरहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...



प्रतिकृया लेख्नुहोस्: