Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

खबरडबली संवाददाता

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत र सशक्त पार्टी निर्माणतर्फ आफूहरू अग्रसर भएको बताएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक सहभागितासहित नेकपालाई देशकै एक नम्बर पार्टी बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । कर्णालीले देखाएको माया, समर्थन र सहभागिताले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ थियो ।

संयोजक दाहालले १४ भन्दा बढी दल एकतामा आबद्ध हुँदै विगतका कमजोरी सच्याएर अघि बढ्ने संकल्प गरिएको उल्लेख गरे । देशका विभिन्न स्थानमा सम्पन्न एकता सभाहरूमा देखिएको व्यापक सहभागिताले एकता अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास जागेको उनले बताए ।

उनले विसं २०४१/४२ सालदेखि नै पार्टी एकताका विषयमा माधवकुमार नेपालसँग छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका समयमा पनि निरन्तर संवाद कायम रहेको उल्लेख गरे ।

दाहालले भने, “हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ । सशस्त्र संघर्ष सुरु भएको दुई वर्षपछि नै देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा हामीबीच छलफल हुँदै आएको थियो । एमाले र माओवादीबीच सहमति भएपछि मात्र १२ बुँदे समझदारी सम्भव भएको हो । करिब ४० वर्षदेखि एकताका प्रयासहरू भइरहेका थिए ।”

कर्णाली क्षेत्र नेपाली सभ्यताको जननी भएको उल्लेख गर्दै संयोजक दाहालले यहाँ जडीबुटी, जलस्रोत र सम्भावनाको विशाल भण्डार रहेको बताए । कर्णालीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण सिर्जना गर्न पार्टी क्रियाशील रहेको जानकारी दिए ।

एकता सभामा पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलग–अलग पार्टीलाई एक ठाउँमा ल्याएर राजनीतिमा ऐतिहासिक र महत्त्वपूर्ण काम गरिएको बताए । यसले नेता–कार्यकर्तामात्र होइन, आम जनतामा समेत नयाँ उत्साह थपिएको उनको भनाइ थियो ।

सहसंयोजक नेपालले जनता र देशको हितका पक्षमा काम गर्ने जिम्मेवार राजनीतिक शक्तिका रूपमा नेकपालाई स्थापित गरिने बताए ।

उनले भने, “देशका हरेक महत्त्वपूर्ण मोडमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउने उद्देश्यका साथ लोकतन्त्र र गणतन्त्र स्थापना गरिएको हो । त्यसैले देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने देशभक्त पार्टीका रूपमा नेकपालाई स्थापित गर्न हामी दृढताका साथ लागिरहेका छौँ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: