Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

खबरडबली संवाददाता

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत र सशक्त पार्टी निर्माणतर्फ आफूहरू अग्रसर भएको बताएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक सहभागितासहित नेकपालाई देशकै एक नम्बर पार्टी बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । कर्णालीले देखाएको माया, समर्थन र सहभागिताले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ थियो ।

संयोजक दाहालले १४ भन्दा बढी दल एकतामा आबद्ध हुँदै विगतका कमजोरी सच्याएर अघि बढ्ने संकल्प गरिएको उल्लेख गरे । देशका विभिन्न स्थानमा सम्पन्न एकता सभाहरूमा देखिएको व्यापक सहभागिताले एकता अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास जागेको उनले बताए ।

उनले विसं २०४१/४२ सालदेखि नै पार्टी एकताका विषयमा माधवकुमार नेपालसँग छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका समयमा पनि निरन्तर संवाद कायम रहेको उल्लेख गरे ।

दाहालले भने, “हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ । सशस्त्र संघर्ष सुरु भएको दुई वर्षपछि नै देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा हामीबीच छलफल हुँदै आएको थियो । एमाले र माओवादीबीच सहमति भएपछि मात्र १२ बुँदे समझदारी सम्भव भएको हो । करिब ४० वर्षदेखि एकताका प्रयासहरू भइरहेका थिए ।”

कर्णाली क्षेत्र नेपाली सभ्यताको जननी भएको उल्लेख गर्दै संयोजक दाहालले यहाँ जडीबुटी, जलस्रोत र सम्भावनाको विशाल भण्डार रहेको बताए । कर्णालीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण सिर्जना गर्न पार्टी क्रियाशील रहेको जानकारी दिए ।

एकता सभामा पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलग–अलग पार्टीलाई एक ठाउँमा ल्याएर राजनीतिमा ऐतिहासिक र महत्त्वपूर्ण काम गरिएको बताए । यसले नेता–कार्यकर्तामात्र होइन, आम जनतामा समेत नयाँ उत्साह थपिएको उनको भनाइ थियो ।

सहसंयोजक नेपालले जनता र देशको हितका पक्षमा काम गर्ने जिम्मेवार राजनीतिक शक्तिका रूपमा नेकपालाई स्थापित गरिने बताए ।

उनले भने, “देशका हरेक महत्त्वपूर्ण मोडमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउने उद्देश्यका साथ लोकतन्त्र र गणतन्त्र स्थापना गरिएको हो । त्यसैले देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने देशभक्त पार्टीका रूपमा नेकपालाई स्थापित गर्न हामी दृढताका साथ लागिरहेका छौँ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE