गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।
प्रशासन कार्यालयले साप्ताहिक रुपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरू सार्वजनिक गर्दैआएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार पछिल्लो एक हप्ता आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अङ्गीकृत नागरिकता एकसहित २८७ जनाले नयाँ नागरिकता लिएका छन्।
२११ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाएका छन्।
नाबालक परिचयपत्र १६, राहदानीको आवेदन सङ्कलन २५४, राहदानी वितरण ३२३ जनालाई गरिएको छ। राष्ट्रिय परिचयपत्र आवेदन सङ्कलन ५५१, राष्ट्रिय परिचयपत्र वितरण ३९१, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २०, संस्था दर्ता सात, हातहतियार नवीकरण र नामसारी एक गरिएको उनले जानकारी दिए ।
त्यसैगरी राहदानी, संस्था दर्ता, हातहतियार र राष्ट्रिय परिचयपत्रबाट कुल १५ लाख ६४ हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको छ।
जसमा राहदानीबाट १५ लाख ३२ हजार ५००, संस्था दर्ता र हातहतियारबाट २५ हजार २०० र राष्ट्रिय परिचयपत्रबाट सात हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।
हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुका साथै सेवाग्राहीको सहजताका लागि वडाबाट सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्था लागू भएको भन्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेवाग्राहीहरुले निवेदन लेख्नुपर्ने झन्झटका कारण समय खर्चिनुपर्ने बाध्य र निवेदन लेखाउन बाहिरी व्यक्तिलाई शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।
सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट नि:शुल्क फोटोकपी सेवा उपलब्ध गराइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...
मंसिर २८ गते, २०८२ - ११:५१
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...
मंसिर २८ गते, २०८२ - ११:३९
नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...
मंसिर २७ गते, २०८२ - १७:१५
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
मंसिर २७ गते, २०८२ - १६:३५
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
मंसिर २७ गते, २०८२ - १६:२३
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...




प्रतिकृया लेख्नुहोस्: