गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।
प्रशासन कार्यालयले साप्ताहिक रुपमा गरेका कामको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले हरेक हप्तामा सम्पादित भएका कार्यहरू सार्वजनिक गर्दैआएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार पछिल्लो एक हप्ता आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अङ्गीकृत नागरिकता एकसहित २८७ जनाले नयाँ नागरिकता लिएका छन्।
२११ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाएका छन्।
नाबालक परिचयपत्र १६, राहदानीको आवेदन सङ्कलन २५४, राहदानी वितरण ३२३ जनालाई गरिएको छ। राष्ट्रिय परिचयपत्र आवेदन सङ्कलन ५५१, राष्ट्रिय परिचयपत्र वितरण ३९१, दलित, जनजाति, पारिवारिक विवरण तथा अन्य प्रमाणित २०, संस्था दर्ता सात, हातहतियार नवीकरण र नामसारी एक गरिएको उनले जानकारी दिए ।
त्यसैगरी राहदानी, संस्था दर्ता, हातहतियार र राष्ट्रिय परिचयपत्रबाट कुल १५ लाख ६४ हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको छ।
जसमा राहदानीबाट १५ लाख ३२ हजार ५००, संस्था दर्ता र हातहतियारबाट २५ हजार २०० र राष्ट्रिय परिचयपत्रबाट सात हजार रुपियाँ राजस्व सङ्कलन भएको छ।
हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनुका साथै सेवाग्राहीको सहजताका लागि वडाबाट सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयमा नयाँ व्यवस्था लागू भएको भन्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सेवाग्राहीहरुले निवेदन लेख्नुपर्ने झन्झटका कारण समय खर्चिनुपर्ने बाध्य र निवेदन लेखाउन बाहिरी व्यक्तिलाई शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए।
सेवाग्राहीले आवश्यक कागजातको फोटोकपी ल्याउन छुटाएमा अत्यावश्यक अवस्थामा कार्यालयको सहायता कक्षबाट नि:शुल्क फोटोकपी सेवा उपलब्ध गराइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १७:५६
काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...
जेष्ठ २० गते, २०८३ - १७:३२
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...
जेष्ठ २० गते, २०८३ - १७:२१
काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...
जेष्ठ २० गते, २०८३ - १६:५३
सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ । सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...
जेष्ठ २० गते, २०८३ - १६:४३
काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...
जेष्ठ २० गते, २०८३ - १६:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...
जेष्ठ २० गते, २०८३ - १६:०४
काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...
जेष्ठ २० गते, २०८३ - १५:५४
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...
जेष्ठ २० गते, २०८३ - १५:४५
काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...
जेष्ठ २० गते, २०८३ - १५:१५
नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...



प्रतिकृया लेख्नुहोस्: