Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

खबरडबली संवाददाता

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन।

नेपालको पूर्वी पहाडमा भट्टराई कुलको थाकथलोका रूपमा चिनिने ओखलढुंगाको गाम्नाङ्गटार त्यो गाउँ जहाँ भट्टराईहरूले विर्ता पाएको इतिहास छ, जहाँका हावा, ढल, पोखरी र बाटोहरूमा हाम्रा पूर्वजोका कथा गुन्जिन्छन्। यहीँबाट पूर्वी भेगका विभिन्न ठाउँमा भट्टराईहरू फैलिएका छन्। हामीले यस इतिहासलाई गर्वका साथ सुनाउँदै हुर्कियौँ । हाम्रो कुलको नाम र प्रतिष्ठा हाम्रो पहिचान थियो।

गाम्नाङ्गटारमा जन्मिएका एक जना भट्टराई, तीर्थराज भट्टराई, नेपाल सरकारको उपसचिव बनेका थिए। त्यो दिन हामी सबैले छाती फुलाएर भनेका थियौँ: "हाम्रो कुलको छोरा राज्यको जिम्मेवार ठाउँमा पुगेको छ।" तर आज, त्यही कुलका एक सदस्य भ्रष्टाचार र काण्डसँग जोडिएको खबर पढ्दा र सुन्दा हामी सबै लाजले टाउको झुकाउन बाध्य भएका छौँ।

साथी, छिमेकी, पुस्तापूर्वजहरूले भट्टराई कुलको नाम सुनाउदा गर्व गर्ने दिनहरु सम्झदा मन भारी हुन्छ । तर आजको समाचारले हामीलाई स्मरण गरायो । नाम र पदले मान्छेलाई ठूलो बनाउँदैन; इमानदारी र सधैं न्यायको पक्षमा उभिनु नै साँचो ठूलो कुरा हो। त्यही गाम्नाङ्गटारबाट पूर्वी नेपालमा फैलीएकाे हाम्राे वंश र त्यही गाम्नाङटारकाे नाममा गर्व गर्ने हामीलाइ आज याे समाचारले यति लज्जित बनाएकाे छ भनि रहन सक्ने अवस्थानै छैन ।  

भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई पक्राउ गरी अदालतमा पेश गर्दै मुद्दा दायर गरेको थियो। बिहीबार राति हिरासतमा बसेका भट्टराई, शुक्रबार बयानपछि थुनछेक बहसमा उपस्थित भए।

थुनछेक आदेशमा न्यायाधीशहरूबीच मत विभाजन भयो। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद पौडेलले २५ लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिए भने अर्का न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मत व्यक्त गरे। अन्ततः बहुमतका आधारमा धरौटीमा रिहा गर्ने आदेश आयो। तर अदालतको निर्णयभन्दा ठूलो कुरा हाम्रो आत्मग्लानी हो।

अध्यागमन प्रमुख रहँदा भिजिट भिसाको नाममा अवैध सेटिङमार्फत आर्थिक लाभ लिएको गम्भीर आरोपले केवल एक व्यक्तिलाई होइन, उसको परिवार, आफन्त र पूरै कुललाई प्रश्नको घेरामा ल्याइदिएको छ।

हामीले सधैं आफ्ना सन्तानलाई "इमानदारी नै सबैभन्दा ठूलो धन हो" भनेर सिकायौँ । तर आज त्यो उपदेश आफैँमाथि भारी परिरहेको छ। २५ लाख धरौटीमा छुट्नु कानुनी प्रक्रिया हुन सक्छ, तर कुलले भोग्नुपरेको नैतिक सजाय धरौटीले छुट्ने विषय होइन। यो प्रकरणले हामीलाई एउटा कठोर सत्य सम्झाइदिएको छ । पद ठूलो हुँदैमा मान्छे ठूलो हुँदैन। इमानदारी गुमेपछि नाम, हैसियत र कुल सबै बोझ बन्छन्।

आज तीर्थराज भट्टराईको नाम अदालतमा बहसको विषय बनेको छ। तर हाम्रो घरभित्र चुपचाप फैलिएको लाज, पीडा र आत्मसम्मानको चोट शब्दमा व्यक्त गर्न गाह्रो छ। हामी पूरै कुलका हौं, र आजको दिनले देखायो कि एउटै नाम, एउटै इतिहास र एउटै कुलमा जन्मेका मानिसहरूले गरिबी, कष्ट, इमानदारी, र नैतिकताको सन्तुलन गुमाउँदा, केवल उनी मात्र होइन, पूरा कुल प्रश्नको घेरामा पर्छ।

कानुनी फैसला जे आउला, त्यो समयले देखाउनेछ । तर अहिलेका लागि यत्ति मात्र भन्न सकिन्छ । यो घटनाले एउटा व्यक्ति मात्र होइन, पूरै कुलको आत्मसम्मानलाई कठघरामा उभ्याइदिएको छ। 

( लेखककाे नाम गाेप्य राख्न अनुराेध गरीएकाले गाेप्य राखीएकाे छ ) सम्पादक

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगदेशमा नेकपाको सम्पर्क कार्यालय, दीपशिखा र भीष्मद्वारा उद्घाटन

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...

विकसित पर्वतका लागि मनहरि तिमिल्सिनाको २३ बुँदे रोडम्याप सार्वजनिक

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...

ओली सरकारले युवालाई गोली ठोक्दा वाम आन्दोलनकाे बदनाम भयो: खतिवडा

काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...

९ सिटबाट जनयुद्ध, २२९ सिटमा सरकार, फेरि ‘एक्लै मैदान’मा गएकाे नेकपाकाे इतिहास दोहोरिन्छ कि मोडिन्छ ?

काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...

ठुटे सिङ लिएर सिंगौरी खेल्न आउनेहरूबाट देश बन्दैनः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...

पानीको मुहान काठमाडौँ–३, तर जितको तिर्खा कसले मेट्ला ?

काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...

शनिबारको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...

बास्कोटाको व्यंग्यः चुनावी दाबी सुन्दा सबैले जितिसके, एकल सरकार पनि बनिसक्यो

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...

कति छ आजका लागि कृषिउपजको थोक मूल्य ?

काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE