Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

खबरडबली संवाददाता

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन।

नेपालको पूर्वी पहाडमा भट्टराई कुलको थाकथलोका रूपमा चिनिने ओखलढुंगाको गाम्नाङ्गटार त्यो गाउँ जहाँ भट्टराईहरूले विर्ता पाएको इतिहास छ, जहाँका हावा, ढल, पोखरी र बाटोहरूमा हाम्रा पूर्वजोका कथा गुन्जिन्छन्। यहीँबाट पूर्वी भेगका विभिन्न ठाउँमा भट्टराईहरू फैलिएका छन्। हामीले यस इतिहासलाई गर्वका साथ सुनाउँदै हुर्कियौँ । हाम्रो कुलको नाम र प्रतिष्ठा हाम्रो पहिचान थियो।

गाम्नाङ्गटारमा जन्मिएका एक जना भट्टराई, तीर्थराज भट्टराई, नेपाल सरकारको उपसचिव बनेका थिए। त्यो दिन हामी सबैले छाती फुलाएर भनेका थियौँ: "हाम्रो कुलको छोरा राज्यको जिम्मेवार ठाउँमा पुगेको छ।" तर आज, त्यही कुलका एक सदस्य भ्रष्टाचार र काण्डसँग जोडिएको खबर पढ्दा र सुन्दा हामी सबै लाजले टाउको झुकाउन बाध्य भएका छौँ।

साथी, छिमेकी, पुस्तापूर्वजहरूले भट्टराई कुलको नाम सुनाउदा गर्व गर्ने दिनहरु सम्झदा मन भारी हुन्छ । तर आजको समाचारले हामीलाई स्मरण गरायो । नाम र पदले मान्छेलाई ठूलो बनाउँदैन; इमानदारी र सधैं न्यायको पक्षमा उभिनु नै साँचो ठूलो कुरा हो। त्यही गाम्नाङ्गटारबाट पूर्वी नेपालमा फैलीएकाे हाम्राे वंश र त्यही गाम्नाङटारकाे नाममा गर्व गर्ने हामीलाइ आज याे समाचारले यति लज्जित बनाएकाे छ भनि रहन सक्ने अवस्थानै छैन ।  

भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनलाई पक्राउ गरी अदालतमा पेश गर्दै मुद्दा दायर गरेको थियो। बिहीबार राति हिरासतमा बसेका भट्टराई, शुक्रबार बयानपछि थुनछेक बहसमा उपस्थित भए।

थुनछेक आदेशमा न्यायाधीशहरूबीच मत विभाजन भयो। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र नारायणप्रसाद पौडेलले २५ लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिए भने अर्का न्यायाधीश डिल्लीरत्न श्रेष्ठले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने मत व्यक्त गरे। अन्ततः बहुमतका आधारमा धरौटीमा रिहा गर्ने आदेश आयो। तर अदालतको निर्णयभन्दा ठूलो कुरा हाम्रो आत्मग्लानी हो।

अध्यागमन प्रमुख रहँदा भिजिट भिसाको नाममा अवैध सेटिङमार्फत आर्थिक लाभ लिएको गम्भीर आरोपले केवल एक व्यक्तिलाई होइन, उसको परिवार, आफन्त र पूरै कुललाई प्रश्नको घेरामा ल्याइदिएको छ।

हामीले सधैं आफ्ना सन्तानलाई "इमानदारी नै सबैभन्दा ठूलो धन हो" भनेर सिकायौँ । तर आज त्यो उपदेश आफैँमाथि भारी परिरहेको छ। २५ लाख धरौटीमा छुट्नु कानुनी प्रक्रिया हुन सक्छ, तर कुलले भोग्नुपरेको नैतिक सजाय धरौटीले छुट्ने विषय होइन। यो प्रकरणले हामीलाई एउटा कठोर सत्य सम्झाइदिएको छ । पद ठूलो हुँदैमा मान्छे ठूलो हुँदैन। इमानदारी गुमेपछि नाम, हैसियत र कुल सबै बोझ बन्छन्।

आज तीर्थराज भट्टराईको नाम अदालतमा बहसको विषय बनेको छ। तर हाम्रो घरभित्र चुपचाप फैलिएको लाज, पीडा र आत्मसम्मानको चोट शब्दमा व्यक्त गर्न गाह्रो छ। हामी पूरै कुलका हौं, र आजको दिनले देखायो कि एउटै नाम, एउटै इतिहास र एउटै कुलमा जन्मेका मानिसहरूले गरिबी, कष्ट, इमानदारी, र नैतिकताको सन्तुलन गुमाउँदा, केवल उनी मात्र होइन, पूरा कुल प्रश्नको घेरामा पर्छ।

कानुनी फैसला जे आउला, त्यो समयले देखाउनेछ । तर अहिलेका लागि यत्ति मात्र भन्न सकिन्छ । यो घटनाले एउटा व्यक्ति मात्र होइन, पूरै कुलको आत्मसम्मानलाई कठघरामा उभ्याइदिएको छ। 

( लेखककाे नाम गाेप्य राख्न अनुराेध गरीएकाले गाेप्य राखीएकाे छ ) सम्पादक

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था

काठमाडौँ। विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ। ...

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: