Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङ नगरपालिकालाई

खबरडबली संवाददाता

बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ कास्य पदकसहित कुल ४८ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

बागलुङ नगरपालिकाले एथलेटिक्सतर्फ ७ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको छ । भलिबलमा १ कास्य, कबड्डीमा १ स्वर्ण र १ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ३ रजत र ३ कास्य तथा करातेमा २ स्वर्ण, ६ रजत र ३ कास्य पदक हासिल गरेको छ ।

दोस्रो स्थानमा रहेको बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ कास्य गरी कुल ३१ पदक जितेको छ । बडिगाडले एथलेटिक्समा ५ स्वर्ण, ५ रजत र १ कास्य, कबड्डीमा १ कास्य, तेक्वान्दोमा १ रजत र ६ कास्य तथा करातेमा ३ स्वर्ण, २ रजत र ७ कास्य पदक प्राप्त गरेको छ ।

तेस्रो स्थानमा रहेको ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ७ कास्यसहित कुल १९ पदक जितेको छ । ढोरपाटनले एथलेटिक्समा २ स्वर्ण, ४ रजत र २ कास्य, भलिबलमा १ रजत तथा करातेमा ४ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेको छ ।

चौथो स्थानमा जैमिनी नगरपालिकाले ५ स्वर्ण, ८ रजत र १४ कास्यसहित कुल २७ पदक हात पारेको छ । जैमिनीले एथलेटिक्समा ४ स्वर्ण, २ रजत र ५ कास्य, भलिबलमा १ स्वर्ण र १ कास्य, कबड्डीमा २ कास्य तथा तेक्वान्दोमा ६ रजत र ६ कास्य पदक जितेको छ ।

गलकोट नगरपालिका ४ स्वर्ण, ४ रजत र ११ कास्यसहित १९ पदक जित्दै पाँचौँ स्थानमा रह्यो । गलकोटले एथलेटिक्समा ३ स्वर्ण, २ रजत र ६ कास्य, भलिबलमा १ कास्य, कबड्डीमा १ स्वर्ण र १ रजत तथा तेक्वान्दोमा १ रजत र ४ कास्य पदक जितेको छ ।

काठेखोला गाउँपालिकाले ४ स्वर्ण, ४ रजत र ७ कास्यसहित १५ पदक जित्दै छैठौँ स्थान हासिल गरेको छ । काठेखोलाले एथलेटिक्समा १ स्वर्ण, १ रजत र ३ कास्य, भलिबलमा १ रजत, तेक्वान्दोमा १ रजत तथा करातेमा ३ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।

बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको छ । बरेङले एथलेटिक्समा ३ स्वर्ण र ५ कास्य, भलिबलमा १ स्वर्ण तथा करातेमा २ रजत र २ कास्य पदक जितेको हो ।

निसीखोला गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ कास्यसहित ७ पदक हात पारेको छ । निसीखोलाले एथलेटिक्समा २ स्वर्ण, २ रजत र १ कास्य, भलिबलमा १ कास्य तथा कबड्डीमा १ कास्य पदक जितेको छ ।

ताराखोला गाउँपालिकाले २ स्वर्ण र १ रजतसहित ३ पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो । ताराखोलाले एथलेटिक्समा १ स्वर्ण र १ रजत तथा तेक्वान्दोमा १ स्वर्ण पदक जितेको हो ।

यसपटकको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्थानीय तहको सहभागिता रहेको थियो । तमानखोला गाउँपालिकाले प्रतियोगितामा भाग लिएन । सहभागी सबै पालिकाले कम्तीमा एक स्वर्ण पदक जित्न सफल भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: