बागलुङ । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बागलुङ नगरपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा बागलुङ नगरपालिकाले २१ स्वर्ण, १६ रजत र ११ कास्य पदकसहित कुल ४८ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
बागलुङ नगरपालिकाले एथलेटिक्सतर्फ ७ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको छ । भलिबलमा १ कास्य, कबड्डीमा १ स्वर्ण र १ रजत, तेक्वान्दोमा ११ स्वर्ण, ३ रजत र ३ कास्य तथा करातेमा २ स्वर्ण, ६ रजत र ३ कास्य पदक हासिल गरेको छ ।
दोस्रो स्थानमा रहेको बडिगाड गाउँपालिकाले ८ स्वर्ण, ८ रजत र १५ कास्य गरी कुल ३१ पदक जितेको छ । बडिगाडले एथलेटिक्समा ५ स्वर्ण, ५ रजत र १ कास्य, कबड्डीमा १ कास्य, तेक्वान्दोमा १ रजत र ६ कास्य तथा करातेमा ३ स्वर्ण, २ रजत र ७ कास्य पदक प्राप्त गरेको छ ।
तेस्रो स्थानमा रहेको ढोरपाटन नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ७ कास्यसहित कुल १९ पदक जितेको छ । ढोरपाटनले एथलेटिक्समा २ स्वर्ण, ४ रजत र २ कास्य, भलिबलमा १ रजत तथा करातेमा ४ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेको छ ।
चौथो स्थानमा जैमिनी नगरपालिकाले ५ स्वर्ण, ८ रजत र १४ कास्यसहित कुल २७ पदक हात पारेको छ । जैमिनीले एथलेटिक्समा ४ स्वर्ण, २ रजत र ५ कास्य, भलिबलमा १ स्वर्ण र १ कास्य, कबड्डीमा २ कास्य तथा तेक्वान्दोमा ६ रजत र ६ कास्य पदक जितेको छ ।
गलकोट नगरपालिका ४ स्वर्ण, ४ रजत र ११ कास्यसहित १९ पदक जित्दै पाँचौँ स्थानमा रह्यो । गलकोटले एथलेटिक्समा ३ स्वर्ण, २ रजत र ६ कास्य, भलिबलमा १ कास्य, कबड्डीमा १ स्वर्ण र १ रजत तथा तेक्वान्दोमा १ रजत र ४ कास्य पदक जितेको छ ।
काठेखोला गाउँपालिकाले ४ स्वर्ण, ४ रजत र ७ कास्यसहित १५ पदक जित्दै छैठौँ स्थान हासिल गरेको छ । काठेखोलाले एथलेटिक्समा १ स्वर्ण, १ रजत र ३ कास्य, भलिबलमा १ रजत, तेक्वान्दोमा १ रजत तथा करातेमा ३ स्वर्ण, १ रजत र ४ कास्य पदक प्राप्त गरेको छ ।
बरेङ गाउँपालिकाले ४ स्वर्ण, २ रजत र ७ कास्य पदक जितेको छ । बरेङले एथलेटिक्समा ३ स्वर्ण र ५ कास्य, भलिबलमा १ स्वर्ण तथा करातेमा २ रजत र २ कास्य पदक जितेको हो ।
निसीखोला गाउँपालिकाले २ स्वर्ण, २ रजत र ३ कास्यसहित ७ पदक हात पारेको छ । निसीखोलाले एथलेटिक्समा २ स्वर्ण, २ रजत र १ कास्य, भलिबलमा १ कास्य तथा कबड्डीमा १ कास्य पदक जितेको छ ।
ताराखोला गाउँपालिकाले २ स्वर्ण र १ रजतसहित ३ पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो । ताराखोलाले एथलेटिक्समा १ स्वर्ण र १ रजत तथा तेक्वान्दोमा १ स्वर्ण पदक जितेको हो ।
यसपटकको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्थानीय तहको सहभागिता रहेको थियो । तमानखोला गाउँपालिकाले प्रतियोगितामा भाग लिएन । सहभागी सबै पालिकाले कम्तीमा एक स्वर्ण पदक जित्न सफल भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: