काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई ‘जनलहर’को रूपमा देखाउने प्रयासमा फेक तस्बिर प्रयोग गरिएको भन्दै आलोचना सुरु भएको छ । वास्तविक तस्बिरभन्दा अत्यधिक भीड देखाइने गरी तयार पारिएको एक फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि एमाले कार्यकर्तामाथि दुस्प्रचार गरेको आरोप लागेको हो ।
सामाजिक सञ्जालमा फैलाइएको उक्त फोटो सल्लाघारीको वास्तविक दृश्यसँग मेल नखाने देखिन्छ । ड्रोनबाट खिचिएको वास्तविक तस्बिरमा मञ्च क्षेत्र र त्यस आसपास उल्लेख्य सहभागिता देखिए पनि प्रचार गरिएको फेक फोटोमा भने सम्पूर्ण क्षेत्र मानिसले भरिएको ‘जनसागर’ जस्तो देखाइएको छ ।
उक्त फेक फोटो एमालेका केही नेता तथा कार्यकर्ताले ‘भव्य र ऐतिहासिक जनलहर’ भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर गरेका थिए । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि सोही फोटो समावेश गरी महाधिवेशन उद्घाटनको तस्बिर सेयर गरेका थिए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पनि उक्त फोटो सेयर गरेपछि आलोचना बढेपछि हटाएका छन् ।
स्थलमा उपस्थित सञ्चारकर्मीहरूले खिचेका ड्रोन तस्बिर तथा भिडिओमा वास्तविक सहभागिता स्पष्ट देखिन्छ, जुन प्रचार गरिएको तस्बिरसँग मेल खाँदैन । तस्बिरमा देखिएको मानिसको संख्या, भौगोलिक बनावट र दृश्य कोण हेर्दा उक्त फोटो एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरी तयार पारिएको वा अन्य स्थानको भिडलाई जोडेर बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार जनसहभागिता बढाएर देखाउने उद्देश्यले फेक सामग्री प्रयोग गर्नु लोकतान्त्रिक राजनीतिक संस्कृतिविपरीत हो । “भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता दिनु खतरनाक प्रवृत्ति हो,” एक विश्लेषकले बताए ।
यद्यपि, फेक फोटो प्रयोग गरिएको भए पनि शनिबारको महाधिवेशन उद्घाटनमा एमालेको सहभागिता विगतका काठमाडौँ केन्द्रित सभाहरूको तुलनामा उल्लेख्य नै रहेको देखिएको छ । तर वास्तविक उपस्थितिलाई छाडेर कृत्रिम ‘जनलहर’ निर्माण गर्ने प्रयासले पार्टीको विश्वसनीयतामाथि प्रश्न उठाएको टिप्पणी गरिएको छ ।
फेक तस्बिरको प्रयोगसँगै सामाजिक सञ्जालमा “जनलहर कि भ्रम?” भन्ने बहस चर्किँदै गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: