Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

खबरडबली संवाददाता

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार सम्पन्न नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहलाई ‘जनलहर’को रूपमा देखाउने प्रयासमा फेक तस्बिर प्रयोग गरिएको भन्दै आलोचना सुरु भएको छ । वास्तविक तस्बिरभन्दा अत्यधिक भीड देखाइने गरी तयार पारिएको एक फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि एमाले कार्यकर्तामाथि दुस्प्रचार गरेको आरोप लागेको हो ।

सामाजिक सञ्जालमा फैलाइएको उक्त फोटो सल्लाघारीको वास्तविक दृश्यसँग मेल नखाने देखिन्छ । ड्रोनबाट खिचिएको वास्तविक तस्बिरमा मञ्च क्षेत्र र त्यस आसपास उल्लेख्य सहभागिता देखिए पनि प्रचार गरिएको फेक फोटोमा भने सम्पूर्ण क्षेत्र मानिसले भरिएको ‘जनसागर’ जस्तो देखाइएको छ ।

उक्त फेक फोटो एमालेका केही नेता तथा कार्यकर्ताले ‘भव्य र ऐतिहासिक जनलहर’ भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर गरेका थिए । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले पनि सोही फोटो समावेश गरी महाधिवेशन उद्घाटनको तस्बिर सेयर गरेका थिए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले पनि उक्त फोटो सेयर गरेपछि आलोचना बढेपछि हटाएका छन् ।

स्थलमा उपस्थित सञ्चारकर्मीहरूले खिचेका ड्रोन तस्बिर तथा भिडिओमा वास्तविक सहभागिता स्पष्ट देखिन्छ, जुन प्रचार गरिएको तस्बिरसँग मेल खाँदैन । तस्बिरमा देखिएको मानिसको संख्या, भौगोलिक बनावट र दृश्य कोण हेर्दा उक्त फोटो एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरी तयार पारिएको वा अन्य स्थानको भिडलाई जोडेर बनाइएको हुनसक्ने अनुमान गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार जनसहभागिता बढाएर देखाउने उद्देश्यले फेक सामग्री प्रयोग गर्नु लोकतान्त्रिक राजनीतिक संस्कृतिविपरीत हो । “भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता दिनु खतरनाक प्रवृत्ति हो,” एक विश्लेषकले बताए ।

यद्यपि, फेक फोटो प्रयोग गरिएको भए पनि शनिबारको महाधिवेशन उद्घाटनमा एमालेको सहभागिता विगतका काठमाडौँ केन्द्रित सभाहरूको तुलनामा उल्लेख्य नै रहेको देखिएको छ । तर वास्तविक उपस्थितिलाई छाडेर कृत्रिम ‘जनलहर’ निर्माण गर्ने प्रयासले पार्टीको विश्वसनीयतामाथि प्रश्न उठाएको टिप्पणी गरिएको छ ।

फेक तस्बिरको प्रयोगसँगै सामाजिक सञ्जालमा “जनलहर कि भ्रम?” भन्ने बहस चर्किँदै गएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी युद्धविमान अवतरण प्रस्ताव अस्वीकार, श्रीलंकाली राष्ट्रपतिको निर्णय चर्चामा

काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...

ठमाडौँबाट दार्चुला जाँदै गरेको बस कैलालीमा दुर्घटना

कैलाली  । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...

सडकबाट लडेर ७५ वर्षीय वृद्धको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...

मुस्ताङमा हिमपातपछि जनजीवन सामान्य बन्दै

मुस्ताङ  । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ ।  हिमपात लगत्तै उपल्...

धनकुटामा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...

निर्वाचन पराजयपछि नेकपाभित्र नेतृत्वबारे बहस तीव्र

काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...

एम्बुलेन्समा चिनियाँ चुरोट तस्करी, चार जना पक्राउ

काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...

ऐतिहासिक उभारदेखि गहिरो अवसानसम्म : कम्युनिस्ट आन्दोलनको आत्मसमीक्षा

नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...

वर्षा गराउने प्रणाली बाहिरिँदै गर्दा मौसममा सुधार

काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: