Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ ।

काठमाडौँ–२६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युटर हस्तान्तरण गरेको हो । कम्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका साथै समय अनुकूलको प्रविधिमैत्री शिक्षालाई जोड दिन ४२ थान कम्युटर प्रदान गरिएको जानकारी दिए ।

“विद्यालयमा शैक्षिक सामग्री मात्र भएर हुँदैन यसलाई भरपुर प्रयोग गर्नुपर्छ, यी दुई विद्यालयलाई महानगरको मात्र नभई देशकै नमूना विद्यालय निर्माण गर्न वडाले सहयोग गर्छ”, उनले भने। सरकारी विद्यालय धेरै राम्रो छ भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाइ थियो ।

शान्ति विद्या गृह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कामपा–२६ का पूर्ववडाध्यक्ष वर्षाराम भण्डारीले इतिहास बोकेको विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए । शान्ति विद्या गृह माविका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए । शान्ति विद्या गृह माविका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारले गरेको प्रयासप्रति आभार प्रकट गर्दे राम्रो नतिजा दिने गरी विद्यालयले अध्यापन गराउने बताए ।

विसं २००४ मा स्थापना भएको शान्ति विद्या गृहमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत छन् भने लोकहित आधारभूत विद्यालयमा १०६ विद्यार्थी अध्ययनरत छन् । काठमाडौँ–२६ ले गत भदौ ११ गते स्टार अफिस इन्टरनेशनलसँग सम्झौता गरी रु २७ लाख ७६ हजार २०० लागतमा दुई विद्यालयमा कम्युटर ल्याब स्थापना गरेको कामपा–२६ का वडा सचिव केदार रिमालले जानकारी दिए । कम्युटर प्रदान कार्यक्रममा वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ र रुपा विकको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending