काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूको समीक्षा गरी आवश्यक संशोधन गर्नुपर्ने बताएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै आङदेम्बेले संविधान कार्यान्वयनका क्रममा विभिन्न समुदायले भोगेका समस्या समाधानका लागि समयानुकूल परिमार्जन आवश्यक भएको धारणा राखे।
उनका अनुसार आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारु तथा अन्य अल्पसङ्ख्यक समुदायले संविधान कार्यान्वयनका क्रममा अनुभव गरेका जटिलताहरू पहिचान गरी संशोधनमार्फत सम्बोधन गरिनुपर्छ।
आङदेम्बेले पछिल्लो समय लोकप्रियताको नाममा संविधानविरुद्ध भ्रामक अभिव्यक्ति दिने र समाजमा जातीय द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गरे। उनले जनभावनाको दुरुपयोग गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति बढिरहेको आरोपसमेत लगाए।
‘हामी संविधान पुनर्लेखनको होइन, १० वर्षको अभ्यासबाट देखिएका कमजोरी सुधार गर्ने चरणमा पुगेका छौँ,’ उनले भने, ‘समयको आवश्यकता अनुसार परिमार्जन गर्दै संविधानलाई अझ प्रभावकारी बनाउनु आवश्यक छ।’
उनले वर्तमान संविधान लामो राजनीतिक संघर्ष र ठूलो बलिदानपछि प्राप्त उपलब्धि भएकाले यसको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए। भावी पुस्ताले पुन: अधिकारका लागि उही संघर्ष दोहोर्याउन नपरोस् भन्ने उद्देश्यले प्राप्त अधिकारको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।
आङदेम्बेले भावनात्मक प्रभावमा परेर भ्रममा नपर्न आग्रह गर्दै पहिचान, समावेशिता र अधिकारको सुनिश्चितता लोकतान्त्रिक व्यवस्था र लोकतान्त्रिक शक्तिबाट मात्र सम्भव हुने बताए। उनले नेपाली कांग्रेसले सबै समुदायको अस्तित्व, इतिहास र अधिकारलाई संस्थागत रूपमा संरक्षण गर्ने विश्वास व्यक्त गरे।
लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...
श्रावण २२ गते, २०८३ - ११:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...
श्रावण २२ गते, २०८३ - ११:००
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...



प्रतिकृया लेख्नुहोस्: