काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको हो।
महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलनसहित १५ बुँदे निर्णय पारित गरेको जानकारी शुक्रबार पत्रकार सम्मेलनमार्फत दिइएको छ। बैठकले विगतदेखि उठाउँदै आएका मागहरूका साथै पछिल्ला नयाँ शैक्षिक र पेसागत मुद्दाहरूलाई समेटेर आन्दोलन अघि बढाउने निर्णय गरेको महासंघले जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकका माग सम्बोधनका लागि भदौदेखि आन्दोलनमा जाने निर्णय भएको जानकारी दिए। उनले आन्दोलनका कार्यक्रम र मिति भने विस्तारित कार्यदलीय बैठकले तय गर्ने बताए।
परिषद् बैठकले आन्दोलनको स्वरूप, समयतालिका र अन्य आवश्यक तयारीका लागि अधिकार कार्यदलीय बैठकलाई प्रदान गरेको महासंघले जनाएको छ। शिक्षकका अधिकार, सेवा सुविधा र शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयलाई लिएर महासंघले सरकारमाथि दबाब बढाउने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...
श्रावण २२ गते, २०८३ - ११:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...
श्रावण २२ गते, २०८३ - ११:००
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...



प्रतिकृया लेख्नुहोस्: