Khabar Dabali २३ श्रावण २०८३ शनिबार | 8th August, 2026 Sat
Investment bank

प्रलोपा विभाजनपछि अलग भए राम कार्की

खबरडबली संवाददाता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक संस्था ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’सँग आबद्ध भएर त्यसकै गतिविधिमा केन्द्रित हुने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले आफू सुरुदेखि नै प्रलोपाको कुनै पनि कार्यकारी पदमा नरहेको स्पष्ट पारे। युवा पुस्ताको पहलमा स्थापना हुन लागेको ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’मा आबद्ध रहने प्रतिबद्धता यसअघि नै जनाइसकेको उल्लेख गर्दै अब आफ्नो सक्रियता त्यही संस्थामा सीमित रहने बताए।

पार्टीमा रहँदा सहकर्मीहरूबाट पाएको साथ, सहयोग र आत्मीय व्यवहारप्रति आभार व्यक्त गर्दै उनले सबैलाई धन्यवादसमेत दिएका छन्।

कार्कीले प्रलोपाको विभाजनप्रति टिप्पणी गर्दै पार्टीमा आबद्ध अधिकांश नेता संसदीय राजनीतिमा अल्झिएका दलबाट आएको उल्लेख गरेका छन्। यही कारण धेरैका लागि राजनीति निर्वाचनमा मात्र सीमित हुन पुगेको र वैचारिक अभियानलाई प्राथमिकता दिन नसक्दा पार्टी अपेक्षित दिशामा अघि बढ्न नसकेको उनको निष्कर्ष छ।

उनका अनुसार, यदि निर्वाचनको तयारीभन्दा वैचारिक तथा संगठनात्मक अभियानमा जोड दिइएको भए पार्टीको भविष्य फरक हुन सक्थ्यो। पुराना दलको विकल्प बन्ने उद्देश्यसहित स्थापना भएको प्रलोपा अन्तत: पुन: पुरानै दलहरूसँगको समीकरण र निर्वाचनकेन्द्रित राजनीतिमा अल्झिँदा आफ्नो मूल वैचारिक अडान गुमाउन पुगेको उनले बताएका छन्।

कार्कीले पार्टी विभाजन सौहार्दपूर्ण ढंगले भएको उल्लेख गर्दै दुवै पक्षलाई आगामी यात्राका लागि शुभकामना पनि दिएका छन्।

उल्लेखनीय छ, राम कार्की गत फागुनमा नेकपा ९माओवादी केन्द्र०बाट अलग भएका थिए। त्यसपछि मङ्सिर ७ गते बाबुराम भट्टराई संरक्षक रहेको नेसपा ९नयाँ शक्ति० र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको सन्तोष परियार समूहबीचको एकताबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन भएको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

देउवा स्वदेश फर्कंदै, स्वागतका लागि विमानस्थलमा उपस्थित हुन नेता-कार्यकर्तालाई महतको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमा...

व्यास र देवघाटका सुकुम्वासीलाई जग्गा दिने तयारी

तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध

इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...

पत्रकार खेम भण्डारी कारागारबाट रिहा

कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...

सल्यानमा सिकार खेल्ने क्रममा गोली लागेर एकको मृत्यु, ६ पक्राउ

सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending