काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट फिर्ता लिन आग्रह गरेका छन्।
डा। कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेख्दै वर्तमान आर्थिक तथा सामाजिक अवस्थालाई दृष्टिगत गर्दा स्मारक निर्माणभन्दा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र जनजीविकासँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सरकारी लगानी केन्द्रित गर्नुपर्ने बताएका छन्।
उनले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता बीपी कोइरालाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गर्दै उहाँको योगदानलाई स्मारक निर्माणभन्दा पनि विचार, आदर्श र राजनीतिक दर्शनको व्यवहारिक कार्यान्वयनमार्फत सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
पत्रमा बीपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र मानव विकासका अवधारणालाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको वास्तविक श्रद्धाञ्जली हुने उल्लेख गरिएको छ।
डा। कोइरालाले मुलुक आर्थिक चुनौतीसँग जुधिरहेको अवस्थामा सार्वजनिक स्रोत–साधनको अधिकतम उपयोग नागरिकको प्रत्यक्ष हित हुने क्षेत्रमा गर्नुपर्ने आवश्यकता औँल्याउँदै बीपी स्मारक निर्माणका लागि छुट्याइएको २ करोड रुपैयाँको बजेट पुनर्विचार गरी फिर्ता लिन सरकारसँग अनुरोध गरेका छन्।
उनले बीपी कोइरालाको स्मृति र योगदानलाई चिरस्थायी बनाउन भौतिक संरचनाभन्दा उहाँले देखाएको मार्गलाई व्यवहारमा उतार्नु नै सबैभन्दा प्रभावकारी उपाय हुने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...
श्रावण २२ गते, २०८३ - ११:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...
श्रावण २२ गते, २०८३ - ११:००
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...
श्रावण २२ गते, २०८३ - १०:४४
काठमाडौँ। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार (साउन २२ गते) दिउँसो १:१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त द...
श्रावण २२ गते, २०८३ - १०:२४
काठमाडौं । सरकारले बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत पहिलो १५ दिनको बम्पर उपहारको न...
श्रावण २१ गते, २०८३ - २३:२७
पहाडी गाउँको एउटा कुनामा जन्मिएको थियो विराज। घरमा अभाव थिएन। खेतबारी, गाईवस्तु, परिवारको माया—सबै थियो। गाउँलेहरू भन्थे, "यो केटो भाग्यमानी छ।" तर भा...
श्रावण २१ गते, २०८३ - २३:१४
कपिलवस्तु । प्रविधिलाई सही रूपमा प्रयोग गर्न सके त्यसले जीवन नै बदल्न सक्छ भन्ने उदाहरण बनेका छन् कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्...
श्रावण २१ गते, २०८३ - २२:५२
काठमाडौं । बिहान ६ बज्न नपाउँदै ध्रुव तिवारी नियमित स्वास्थ्य परीक्षणका लागि मीनभवनस्थित निजामती अस्पताल पुगे। उनको योजना स्पष्ट थियो—छिट्टै टिकट लिने...
श्रावण २१ गते, २०८३ - २२:४८
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने सहमति भएको १२ दिन बितिसक्दा पनि अधिकांश प्रदेशमा नय...



प्रतिकृया लेख्नुहोस्: