काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानुनी प्रक्रियाले आफ्नो मार्ग लिने बताएका छन्। उनले अदालतको प्रक्रिया चलिरहे पनि पार्टीको संगठन सुदृढीकरण र रूपान्तरणको अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट पारेका छन्।
शुक्रबार जारी विज्ञप्तिमा घिमिरेले नेपाली कांग्रेसको वर्तमान नेतृत्व र राजनीतिक दिशा अधिकांश महाधिवेशन प्रतिनिधिको विश्वास, विशेष महाधिवेशनबाट प्राप्त वैधानिक जनादेश तथा पार्टी रूपान्तरणको साझा प्रतिबद्धतामा आधारित रहेको उल्लेख गरेका छन्।
उनले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने, सुशासन प्रवर्द्धन गर्ने र जनविश्वास पुनर्स्थापित गर्ने अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्। कानुनी प्रक्रिया र संगठन निर्माणलाई फरक विषयका रूपमा हेर्नुपर्ने उनको भनाइ छ।
महामन्त्री घिमिरेले लोकतन्त्रको मूल मर्म असहमतिको सम्मान गर्नु भए पनि त्यसलाई अनन्त विवादमा रूपान्तरण गर्न नहुने धारणा व्यक्त गरेका छन्। उनका अनुसार संवाद, संस्थागत निर्णय प्रक्रिया र पार्टी विधानको पालनाले मात्र लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँछ।
विज्ञप्तिमा संस्थागत निर्णय आफ्नो पक्षमा पर्दा मात्र स्वीकार गर्ने र प्रतिकूल हुँदा अस्वीकार गर्ने प्रवृत्तिले व्यक्तिकेन्द्रित राजनीतिलाई प्रोत्साहन गर्ने चेतावनीसमेत दिइएको छ।
घिमिरेले अहिले कांग्रेसलाई विभाजनको बहसभन्दा एकताको संकल्प आवश्यक रहेको उल्लेख गर्दै अविश्वासको राजनीतिभन्दा रूपान्तरणको नेतृत्वमा केन्द्रित हुनुपर्ने बताएका छन्। उनले नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई व्यक्तिगत स्वार्थ वा आग्रहभन्दा माथि उठेर संगठन, सिद्धान्त र साझा भविष्यको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...
श्रावण २२ गते, २०८३ - १३:१०
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधान जारी भएको एक दशक पूरा हुन लागेको सन्दर्भमा यसको पुनर्लेखन नभई कार्यान्वयनका ...
श्रावण २२ गते, २०८३ - १२:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुरु भएको पुनरावलोकन प्रक्रियाप्रति सम्म...
श्रावण २२ गते, २०८३ - १२:३३
वीरगन्ज। पर्साको वीरगन्ज–१४ स्थित एक पेट्रोल पम्पमा हवाई इन्धन बोकेको ट्यांकरबाट तेल चोरी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला ...
श्रावण २२ गते, २०८३ - १२:१८
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मानक...
श्रावण २२ गते, २०८३ - १२:००
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) विभाजन भएपछि नेता राम कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। उनले अब आफू निर्माणाधीन वैचारिक ...
श्रावण २२ गते, २०८३ - ११:३१
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–१७ मा निर्माण प्रस्ताव गरिएको बीपी कोइराला स्मारकका लागि सरकारले विनियोजन ग...
श्रावण २२ गते, २०८३ - ११:००
सुलीकोट । गोरखाको पालुङटार नगरपालिका–२ र ४ जोड्ने बडडाँडा सडकखण्डअन्तर्गत बुढीचौरमा पहिरो खसेपछि सडक तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । बुधबार ब...



प्रतिकृया लेख्नुहोस्: