Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार

खबरडबली संवाददाता

लेखनाथ । कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ ।

पोखरा–१४, खसीबजार बस्ने वर्ष २४ का अजित केसी, वर्ष २३ का युकेश गुरुङ, वर्ष २३ कै करण लामालाई स्काभेटरको सहायताले सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहान सवा १० बजे उद्धार गरेको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले तीन जनालाई सकुशल उद्धार गरी पोखरा ल्याउन लागिएको जानकारी दिए। “उहाँहरुको उद्धार भएको छ, अब पोखरा ल्याएर स्वास्थ्य जाँच गरी परिवारको जिम्मा लगाउँछौँ,” बरालले भने । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मोदी नदी किनारमा तीन युवा मङ्गलबार रातिबाट अलपत्र परेको थिए ।

अप्ठ्यारो भीरतलको खोला किनारमा अलपत्र पर्नुभएका उनीहरुले मङ्गलबार र बुधबार राति नजिकैको ओडारमा बास बसेको थिए । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११, छोम्रोङको पारिपट्टि बादलडाँडाबाट सिधै फर्किने क्रममा बाटो भुल्दा उनीहरु अलपत्र परेको थिए । युवाहरु रहेको क्षेत्र पोखरा महानगरबाट ७० किलोमिटर उत्तरमा पर्छ ।

उद्धारका लागि बिहीबार बिहानैबाट टोली खटिएका थिए । नेपाली प्रहरीका दुई जना, सशस्त्र प्रहरीका नौ जना र नेपाली सेनाका छ जना गरी १७ जनाको टोली उद्धारमा खटिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्र...

एक महिनामा प्रतिनिधि सभाका १० बैठक, यस्तो छ भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका

काठमाडौं। सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको साउन १५ देखि भदौ १५ गतेसम्मको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आगा...

मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार

लेखनाथ । कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने हाइक्याम्प भ्रमण गरी फर्किदा मोदी किनारमा अलपत्र तीन युवाको सकुशल उद्धार भएको छ । पोखरा–१४, खसीबजार बस्...

ग्वार्को फ्लाइओभरमा बस ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

काठमाडौं । ललितपुरको ग्वार्को फ्लाइओभरमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर ललि...

सेनाको नयाँ तलबमान, कुन दर्जाका सैनिकले कति पाउँछन् ? (सूचीसहित)

काठमाडौँ । सरकारले नेपाली सेनाका सबै दर्जाका सैनिकका लागि नयाँ तलबमान लागू गर्दै साउन १ गतेदेखि १० प्रतिशत मासिक प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको ...

सुनको मुल्य एकैदिन तोलामा आठ हजारले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि ...

विद्यालय क्यान्टिन आगलागी, घाइते बालिकाको मृत्यु

तानसेन। गत साउन ७ गते तानसेन–४ स्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा भएको आगलागीमा परी गम्भीर घाइते बालिकाको उपचारका क्रममा मृत्यु भएको छ। ...

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

काठमाडौँ । भूमि समस्या समाधान समितिले देशका विभिन्न जिल्लामा ९७ जनालाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितिका अनुसार गत जेठ २० गतेदेखि हालसम्म भूम...

नेपाल राष्ट्र बैङ्क विधेयक: गर्भनरको पदावधिबारे अर्थ समितिमा छलफल

काठमाडौँ। अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफाबार छलफलकामा केन्द्रीय बैङ्कको गभर्नर र सञ्चालक समितिको पदावध...

ब्रोड पिक दुर्घटनामा मृत्यु भएका निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्प ल्याइयो

काठमाडौं। पाकिस्तानको ब्रोड पिक हिमालमा दुर्घटनामा परी निधन भएका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार आरोहीको शव उद्धार गरी बेस क्याम्प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending