Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

पहिरोले दुई दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

खबरडबली संवाददाता

तनहुँ। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने जोड्ने उक्त सडकखण्ड बन्द हुँदा सर्वसाधारणको आवतजावत ठप्प बनेको छ ।

निरन्तरको वर्षासँगै बुधबार बिहान व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र तुइनमा ठुलो पहिरो खसेपछि यातायात ठप्प भएको हो । बुद्धसिंह मार्ग सरोकार सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरका अनुसार पहिरोका कारण मोटरसाइकलसमेत सञ्चालन गर्न नसकिने अवस्था छ । “अविरल वर्षाले पहिरो खसेर सडक पूर्ण रूपमा बन्द भएको छ, जसका कारण स्थानीय र यात्रुले सास्ती भोग्नुपरेको छ, “संयोजक मगरले भने, “अहिले पहिरो पन्छाउने काम भइरहेको छ र आज साँझसम्ममा यातायात सञ्चालनमा ल्याउने प्रयास जारी छ ।’’

गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको यो मार्ग भएर तनहुँका बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिकाका विभिन्न वडाका हजारौँ नागरिक दैनिक आवतजावत गर्ने गर्छन् । गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने यो सबैभन्दा छोटो दूरीको वैकल्पिक सडक हो । प्रदेश सरकारले हाल दमौलीदेखि व्यास नगरपालिका–१३ को सोढेसम्मको १० किलोमिटर खण्ड कालोपत्र गर्ने तयारी गरिरहेको छ ।

यसैगरी, मुग्लिन–नारायणगढ सडकखण्डसँग जोड्न चितवनको घुमाउनेमा पक्की पुल निर्माणाधीन छ । पूर्वाधार विकास कार्यालयका अनुसार सो पुल निर्माण सम्पन्न भएपछि हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जाने सडकभन्दा यो मार्गबाट यात्रा गर्दा दूरी करिब २३ किलोमिटर छोटो हुनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा साउन २६ गते स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका क्रममा हङकङमा रहेका थिए। उनी साउन २६ गते राति स्वदेश फर्किने त...

पहिरोले दुई दिनदेखि बुद्धसिंह मार्ग अवरुद्ध

तनहुँ। पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिरोले गर्दा दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको सदरमुका...

राष्ट्रिय सभामा गृहमन्त्री गुरुङले माफी माग्दै भने– मेरो भाषा अलि ठाडो भयो, क्षमा चाहन्छु

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँगको सवाल–जवाफका क्रममा प्रयोग भएको आफ्नो शैलीप्रति गृहमन्त्री सुधन गुरुङले आत्मालोचना गर्दै माफी मागेका छन...

सांसदलाई प्रश्न नसोध्न निर्देशन दिएको भन्दै गृहमन्त्रीप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले संसद्‌मा सांसदहरूलाई प्रश्न नगर्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ। कांग्रेसले यस्तो अभिव्यक्त...

निर्मला पन्तबारे प्रश्न सोध्ने सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन ?

काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे राष्ट्रिय सभामा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले सरकारले उक्त घट...

भारतीय सेनाध्यक्ष सेठ नेपाल भ्रमणमा आउँदै

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने तयारीमा छन्। उच्च सरकारी स्रोतका अनुसार उनी आगामी अगस्ट १६ मा नेपाल आउने कार्य...

‘इन्टर्न चिकित्सक कर्मचारी होइनन्, विद्यार्थी हुन् ’

काठमाडौँ। निजी मेडिकल तथा डेन्टल कलेजले एमबिबिएस तथा बिडिएस अध्ययनरत इन्टर्न चिकित्सक कर्मचारी नभई विश्वविद्यालयको शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत ...

मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका । बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको राजधानी नयाँदिल्लीबाट मिडियासँग गरेको प्रत्यक्ष संवादप्रति कडा आपत्ति जनाएको छ। ...

ग्यास कालोबजारी रोक्न मन्त्रालयको कडाइ, सिधै उजुरी गर्न उपभोक्तालाई आग्रह

काठमाडौं । देशभर एलपी ग्यासको अभावका कारण उपभोक्ता समस्यामा परिरहेका बेला सरकारले कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सक्रियता बढाएको छ। उद्योग, व...

यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending