काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
“नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी” विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले आफूले ‘क्रमभंग’को कुरा गर्दा अनावश्यक रूपमा अतिरञ्जित रूपमा लिइने गरेको टिप्पणी गरे।
उनका अनुसार निरन्तरतामा क्रमभंग गर्नु प्रकृति, समाज र मानव विकासको नियम हो र परिवर्तनलाई स्वीकार गर्न सक्नुपर्ने हुन्छ। उनले आफू एकताका विषयमा हतार नगरेको पनि स्पष्ट पारे।
“म विल्कुल हतारिएको छैन। तर मलाई विभिन्न कोणबाट हेरेर फरक–फरक चित्र बनाइन्छ,” उनले भने, “मैले क्रमभंग भनेपछि के उत्पात गर्न थाल्यो भन्ने गरिन्छ।”
प्रचण्डले केही नेताहरू सधैं एउटै विचार र अवस्थामै अडिएर बस्ने गरेको टिप्पणी गर्दै यस्तो सोचले अगाडि बढ्न नसकिने बताए। उनले परिस्थितिअनुसार विचार र रणनीति परिवर्तन गर्न सक्ने क्षमता कम्युनिस्ट आन्दोलनमा हुनुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - १७:१९
हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...
श्रावण २७ गते, २०८३ - १७:१०
सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...
श्रावण २७ गते, २०८३ - १७:०७
मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...
श्रावण २७ गते, २०८३ - १६:५९
काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...
श्रावण २७ गते, २०८३ - १६:४८
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...
श्रावण २७ गते, २०८३ - १६:३९
काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...
श्रावण २७ गते, २०८३ - १६:२३
काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...
श्रावण २७ गते, २०८३ - १५:४६
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...
श्रावण २७ गते, २०८३ - १५:३१
काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...
श्रावण २७ गते, २०८३ - १५:२८
सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...



प्रतिकृया लेख्नुहोस्: