Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

एमालेलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध गर्न पुनर्गठन आवश्यक : महासचिव पोखरेल

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ ढङ्गले अघि बढाउन वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु आवश्यक रहेको बताएका छन् ।

सोमबार एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यको पदभार ग्रहण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीले संस्थागत रूपमा विभिन्न कामहरू अघि बढाइरहेको जानकारी दिए ।

उनका अनुसार अहिले २०८२ सालको आम निर्वाचनको समीक्षा गर्ने र पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले कार्यदल गठन गरी काम भइरहेको छ । तर, उनले पार्टी कुनै पनि अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पारे ।

पोखरेलले पार्टीलाई एकताबद्ध बनाउने काम यथास्थितिमा सम्भव नहुने भन्दै शुद्धीकरण, सुदृढीकरण र पुनर्जागरण आवश्यक रहेको बताए । उनका अनुसार यी तीनै पक्षलाई समेटेर पुनर्गठनको योजना तयार पार्नुपर्ने आवश्यकता छ र त्यसका लागि कार्यदलले काम सुरु गरिसकेको छ ।

उनले पार्टी पुनर्जागरणका लागि भइरहेको प्रक्रियाका कारण पार्टीभित्र कुनै मतभेद वा असहमति नरहेको दाबी पनि गरे । पार्टीभित्रको छलफल र बहसलाई अतिरञ्जित गरेर प्रस्तुत गर्नु गलत हुने उनको भनाइ थियो ।

पोखरेलले पार्टी अहिले हिँडिरहेको बाटो संस्थागत निर्णयअनुसार भएको उल्लेख गर्दै अनावश्यक रूपमा विवाद सिर्जना गर्ने प्रयास उचित नहुने बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण: संयमता अपनाउन र सामाजिक सद्भाव कायम गर्न अपिल

काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित, अर्थसम्बन्धी विधेयक समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...

मृतकका परिवारलाई भेट्न सुनसरी जादै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरीको देवानगञ्ज पुगेर हालैको घटनामा ज्यान गुमाएका दुवै व्यक्तिका परिवारसँग भेट गर्ने भएका छन्। गृहमन्त्री गुरुङ...

वीरगञ्जमा निषेधाज्ञा लागू, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बि...

प्रधानमन्त्री शाहले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीमा भएको घटनापछि विकस...

सुनसरी–मधेशको अवस्थाबारे छलफल गर्न रवि लामिछानेले बोलाए रास्वपा सांसदको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको आकस्मिक बैठक बोला...

गोली लागेर घाइते विकास ठाकुरको अवस्था गम्भीर, हेलिकोप्टरबाट थप उपचारका लागि पठाइयो

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका अर्का युवक विकास ठाकुरको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला प्रशासन कार्...

गृहमन्त्री गुरुङ सुनसरी जाने

काठमाडौं । सुनसरीमा विकसित सुरक्षा अवस्थाको अनुगमन तथा समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। प्रधानमन्त्री बालेन शाहसँग छलफल गर...

सिरहामा तनाव थप चर्कियो, एबी मलमा आगजनी

काठमाडौं। सिरहामा प्रदर्शन हिंसात्मक बन्दै गएपछि आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि चर्किएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अव...

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

जनकपुरधाम । सिरहाको गोलबजारमा जारी तनावका बीच गोली लागेर एकजनाको मृत्यु भएको छ। कर्फ्यु आदेश लागू रहेकै बेला दुई पक्षबीचको झडप थप चर्किएपछि क्षेत्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending