Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

करको दर हेरफेर प्रकरणमा अर्थमन्त्रीमाथी संसदीय छानबिन गर्न एमालेको माग

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रालयसँग जोडिएका पछिल्ला विवादबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्।

महरले बिवाइडी गाडी आयातसँग सम्बन्धित भनिएको कर छली तथा आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई गम्भीर प्रकृतिको भन्दै यसबारे संसद्ले सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताए।

उनले करका दर हेरफेर गरिएको विषयलाई नीतिगत भ्रष्टाचारको संज्ञा दिँदै दोषीमाथि कारबाही हुनुपर्ने धारणा राखे।

आर्थिक विधेयकमा भएको भनिएको फेरबदललाई लिएर पछिल्ला दिनमा सरकारको आलोचना भइरहेको छ। संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयक र पछि अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको संस्करणबीच फरक देखिएको भन्दै विभिन्न दलका सांसदहरूले प्रश्न उठाएका छन्।

सार्वजनिक भएको विवरणअनुसार संसद्मा दर्ता गरिएको आर्थिक विधेयक ४६४ पृष्ठको रहेको थियो। तर, मन्त्रालयको वेबसाइटमा राखिएको संस्करण ४४८ पृष्ठको देखिएपछि १६ पृष्ठ हटाइएको विषय विवादमा परेको हो।

संसदीय जानकारहरूका अनुसार संसद्मा दर्ता भइसकेको विधेयकमा संशोधन गर्न संसद्को स्वीकृति आवश्यक पर्छ। संसद्मा पेश भइसकेको विधेयकमा रहेका व्यवस्था सच्याउन वा परिवर्तन गर्न औपचारिक संशोधन प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको बताइन्छ।

यसअघि प्रतिनिधिसभा बैठकमा एमाले सांसद क्षितिज थेबेले पनि आर्थिक विधेयकमा भएको भनिएको चलखेलबारे अर्थमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका थिए।

एमालेले आर्थिक विधेयकमा भएको भनिएको परिवर्तन, करका दरसम्बन्धी व्यवस्था र त्यससँग जोडिएका सम्पूर्ण विषयमा संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending