Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

बेइजिङमा ट्रम्प र पुटिन, बीचमा मुस्कुराउँदै चीन

खबरडबली संवाददाता

काठमाडाैं ।  मे २०२६ मा विश्व राजनीतिले एउटा दुर्लभ दृश्य देख्यो । पाँच दिनको अन्तरमै दुई महाशक्ति राष्ट्रका नेता  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनको राजधानी बेइजिङ पुगे ।

एक जना व्यापारको डिल खोज्दै थिए, अर्का साझेदारीको अक्सिजन । तर दुवै अन्ततः पुगे एउटै ढोकामा  सी जिनपिङ को दरबारमा । यसले एउटा स्पष्ट सन्देश दियो । विश्व राजनीति अझै वासिङ्टन वरिपरि मात्र घुमिरहेको छैन, गुरुत्वाकर्षण विस्तारै बेइजिङतिर सरिरहेको छ ।

ट्रम्पको भ्रमण चमक, व्यापार र ‘डिल’ ले भरिएको थियो । उनीसँग एप्पल, टेस्ला, एनभिडियाजस्ता कम्पनीका मालिकहरूको टोली थियो । चीनसँग व्यापारिक सम्झौता, दुर्लभ खनिज आपूर्ति, एआई जोखिम नियन्त्रण र ताइवान तनाव व्यवस्थापन उनका मुख्य एजेन्डा थिए ।

बेइजिङले उनलाई सैनिक परेड, २१ तोपको सलामी र “पुरानो मित्र” को सम्मान दियो । तर मुस्कानभित्रको सन्देश स्पष्ट थियो । “व्यापार गरौँ, तर चीनको रेड लाइन ननाघौँ ।”  विशेषगरी ताइवानको विषयमा सी चिनफिङले अमेरिकालाई सिधा चेतावनी दिए । “ताइवान राम्रोसँग ह्यान्डल भएन भने द्वन्द्व हुन सक्छ ।”

उता पुटिनको भ्रमण भने कम चमकिलो तर धेरै गहिरो देखियो । यो उनको २५औँ चीन भ्रमण थियो । स्वागत औपचारिकभन्दा बढी “घरको मान्छे” शैलीमा भयो । रूस अहिले पश्चिमी प्रतिबन्धले थिचिएको छ । त्यसैले पुटिनका लागि चीन केवल साझेदार होइन, आर्थिक लाइफलाइन बनेको छ ।

दुवै देशले ऊर्जा, सैन्य प्रविधि, साइबर सुरक्षा, अन्तरिक्ष अनुसन्धानदेखि डलरलाई चुनौती दिने वैकल्पिक वित्तीय प्रणालीसम्मका सम्झौतामा हस्ताक्षर गरे । “पावर अफ साइबेरिया–२” ग्यास पाइपलाइनदेखि रुबल–युआन कारोबारसम्मका योजनाले पश्चिमलाई स्पष्ट सन्देश दियो  । मस्को र बेइजिङ अब केवल साथी होइनन्, रणनीतिक सहयात्री बन्दैछन् ।

दुई भ्रमणको अन्तर पनि रोचक थियो । ट्रम्प प्रतिस्पर्धालाई नियन्त्रण गर्न आएका थिए । पुटिन गठबन्धन बलियो बनाउन आएका थिए । एकले चीनसँग दूरी व्यवस्थापन गर्न खोजे । अर्काले चीनमाथिको निर्भरता अझ गहिरो बनाए ।

तर अन्तिम निष्कर्ष एउटै देखियो । अमेरिकालाई पनि चीन चाहिएको छ, रूसलाई त झन् अत्यावश्यक छ ।  बेइजिङले यही अवसरलाई आफ्नो कूटनीतिक शक्तिमा बदलिरहेको छ । एकातिर रूससँग “सीमाहीन साझेदारी”, अर्कोतिर अमेरिकासँग “जिम्मेवार प्रतिस्पर्धा” ।

चीन अहिले खुलेर कुनै एक पक्षमा उभिएको देखिँदैन । बरु दुवै महाशक्तिलाई आफ्नो आँगनमा बोलाएर विश्वलाई देखाइरहेको छ । “खेल अझै मेरो कोर्टमै छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

लमजुङ ।  लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...

कुम्मायक गाउँपालिकाको बजेट खर्च ८२.७४ प्रतिशत

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...

राष्ट्रिय सभामा दुई मन्त्रीले प्रश्नको उत्तर दिने

समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने

आजका लागि कालीमाटीको थोक मूल्य सार्वजनिक, गोलभेँडा ५० रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...

२३ वर्षपछि टुंगियो भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गोविन्दराज जोशी दोषी, जग्गादेखि डलरसम्म जफत हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...

‘धैर्यताको परीक्षा नलिन’रास्वपा सांसद पुकार बमको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...

घाइते गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...

हुम्लाको स्याँडामा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी

हुम्ला । हुम्लाको  स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...

जडिबुटीमा जबर्जस्ती गाडीमा चढाउने तथा झोला तानेर दु:ख दिने ३२ जना प्रहरीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...

भेन्टिलेटरमा गणेश नेपाली, भारत लैजाने तयारी अन्तिम क्षणमा रोकियो

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending