काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्।
गणेशका भतिज मन नेपालीले सरकारले गणेशकी श्रीमती र छोरीको हेरचाह तथा भविष्यको जिम्मेवारी लिने प्रतिबद्धता नजनाएसम्म शव नबुझ्ने बताएका छन्।
उनले गणेश परिवारको मुख्य आधार रहेको बताउँदै भने, “उहाँकी श्रीमती पढ्दै हुनुहुन्छ। छोरी पनि सानै छिन्। उहाँले नै काम गरेर परिवार पाल्दै आउनुभएको थियो। त्यसैले सरकारले श्रीमती र छोरीको जिम्मेवारी लिनुपर्छ।”
सरकारले माग सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनीसमेत परिवारले दिएको छ। मन नेपालीले आवश्यक परे माइतीघरलगायतका स्थानमा पुगेर आन्दोलन गर्ने बताए।
घटनाअनुसार, बिहीबार गलत स्थानमा पार्किङ गरेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गणेशको मोटरसाइकलमा ‘ह्वील लक’ लगाइदिएको थियो। त्यसपछि त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पुगेका गणेशले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
घटनालगत्तै उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो।
गम्भीर रूपमा जलेका कारण उपचार जटिल बन्दै गएपछि गणेशको मृत्यु भएको अस्पतालले जनाएको छ। उनको मृत्यु भएपछि परिवारले शव बुझ्न अस्वीकार गर्दै सरकारसँग परिवारको संरक्षणको माग अघि सारेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १४:०३
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...
आषाढ़ २६ गते, २०८३ - १३:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...
आषाढ़ २६ गते, २०८३ - १३:५२
काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...
आषाढ़ २६ गते, २०८३ - १३:४७
राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो
आषाढ़ २६ गते, २०८३ - १३:२४
काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्। गणेशका भतिज मन ने...
आषाढ़ २६ गते, २०८३ - १३:०४
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमा...
आषाढ़ २६ गते, २०८३ - १२:४७
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथ...
आषाढ़ २६ गते, २०८३ - १२:३२
वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...
आषाढ़ २६ गते, २०८३ - १२:२१
पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...



प्रतिकृया लेख्नुहोस्: