Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

काग्रेसको प्रश्न: गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको मौनता किन ?

राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाले राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आएको बताएको छिन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले “हिजोको घटनामा तपाईंको मौनता किन ?” भन्दै उनले सरकारलाई प्रश्न गरिन्।

उनले २०७९ माघ १० गते संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यको घटनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएको अभिव्यक्ति स्मरण गराउँदै गणेश नेपालीको घटनामा सरकारको मौनतामाथि प्रश्न उठाइन्।

सांसद थापाले गणेश नेपालीले शरीरमा आगो लगाइसकेपछि उद्धार गर्नुको साटो प्रहरीले अपराधीलाई झैँ घिसारेर लगेको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, “यो उद्धार हो कि गिरफ्तारी हो सरकाररु के ऊ देशद्रोही होरु उसको गल्ती यति मात्र हो कि ऊ यही देशमा जन्मियो र यहीँ केही गर्ने प्रण गर्‍यो।”

नयाँ सरकार गठनपछि पनि सुकुमबासी समस्या र युवाहरूको आत्महत्याको क्रम नरोकिएको भन्दै थापाले सरकार सामाजिक सञ्जाल र डिजिटल प्रचारमा मात्र केन्द्रित भएको आरोप लगाइन्। उनले विभिन्न आत्महत्या तथा निराशाजन्य घटनाहरू उल्लेख गर्दै राज्य किन यति निरीह र असफल भएको भन्दै प्रश्न गरिन्।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै थापाले भनिन्, “अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसलाई निलो पोतेर मात्र नागरिकले सुरक्षा महसुस गर्दैनन्। सुरक्षा तब महसुस हुन्छ, जब राज्यले न्याय दिन्छ, रोजगारी सिर्जना गर्छ र सुशासन कायम गर्छ।”

उनले सवारी साधनमा लगाइने चर्को जरिवाना र राज्यका संवेदनहीन नीतिले युवाहरूमा निराशा बढाएको बताउँदै गणेश नेपालीको घटनाबाट पाठ सिकेर सरकारले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने माग गरिन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी

काठमाडौं । आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि पठाउने तयारी गरिएको छ। वीर अस्पतालका सूचना अधिकारी डा। ...

गणेश नेपालीको मृत्यु कुनै राजनीतिक बहस वा दोषारोपणको विषय मात्र हैन: सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आत्मदाह प्रयासपछि निधन भएका मुगुका गणेश नेपालीको मृत्युको घटना समाज, राज्य र सामूहिक चेतनालाई झस्क...

चर्को ट्राफिक जरिवाना र प्रशासनिक दबाबका कारण गणेश नेपालीको मृत्यु भयो, यसको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको जिम्मेवारी सरका...

गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: एमाले

काठमाडौं । नेकपा एमालेले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। शुक्रबार बसे...

काग्रेसको प्रश्न: गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको मौनता किन ?

राज्यको असफलताका कारण युवाहरूले मृत्यु रोज्नुपर्ने अवस्था आयो

गणेश नेपालीको शव बुझ्न परिवारको अस्वीकार, श्रीमती र छोरीको जिम्मेवारी लिन सरकारसँग माग

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको शव बुझ्न उनका परिवारले अस्वीकार गरेका छन्। गणेशका भतिज मन ने...

काठमाडौंको माकलबारीमा अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु

काठमाडौँ।  गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमा...

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending