वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अमेरिकासँग साझा गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । अमेरिका–इरानबिच पुन: सैन्य तनाव बढ्दै पूर्ण युद्धतर्फ फर्किन सक्ने आशङ्का भइरहेका बेला सार्वजनिक भएको यो दाबीले सुरक्षा चिन्ता थप बढाएको छ ।
सिएनएनले यस विषयमा जानकार अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वासिङ्टनले ट्रम्पविरुद्ध हुन सक्ने सम्भावित हत्या प्रयाससम्बन्धी सूचनाहरू लामो समयदेखि निगरानी गरिरहेको भए पनि इजरायलले उपलब्ध गराएको पछिल्लो जानकारी भने एउटा विशिष्ट र नयाँ षड्यन्त्रसँग सम्बन्धित रहेको जनाएको छ । वाल स्ट्रिट जर्नलले पनि अज्ञात स्रोतहरूकै आधारमा अमेरिकी गुप्तचर निकायले ट्रम्पलाई लक्षित ‘ताजा’ योजनाबारे जानकारी प्राप्त गरेको उल्लेख गरेको छ ।
इरानले सन् २०२० को जनवरीमा अमेरिकी आदेशमा इरानी वरिष्ठ सैन्य कमान्डर कासिम सुलेमानीको हत्या भएपछि त्यसको प्रतिशोध लिने प्रतिबद्धता पटक–पटक दोहोर्याउँदै आएको छ । त्यसयता ट्रम्पको सुरक्षासम्बन्धी जोखिमबारे अमेरिकी सुरक्षा निकायहरू सतर्क रहँदै आएका छन् ।
समाचारबारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसले ट्रम्पले बुधबार व्यक्त गरेको भनाइतर्फ ध्यानाकर्षण गराएको थियो । नाटो शिखर सम्मेलनपछि फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू इरानको निशानामा रहेको दाबी गरेको थिए । उनले भनेको थिए, “उनीहरू अमेरिकी नेतालाई हटाउन चाहन्छन् । म उनीहरूको प्रत्येक सूचीमा छु ।”
ट्रम्पले टर्कीबाट फर्किने क्रममा नयाँ कतारी उपहारस्वरूप प्राप्त जेट प्रयोग नगरी पुरानै एयर फोर्स वनबाट यात्रा गर्नुभएको थियो । नयाँ विमानलाई बेलायत पठाएर त्यहाँबाट अर्को विमान परिवर्तन गरिएको घटनाले सुरक्षा व्यवस्थाबारे व्यापक चर्चा भएको थियो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त निर्णय विशेषगरी नयाँ विमानमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान नभएको र त्यसैबेला अमेरिका–इरान तनाव चुलिएकाले अपनाइएको सावधानीका रूपमा हेरिएको छ । न्युयोर्क टाइम्सले यो परिवर्तन अमेरिकी गोप्य सेवाको अनुरोधमा सुरक्षात्मक उपायस्वरूप गरिएको जनाएको छ ।
पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले सुरक्षा व्यवस्थाबारे विस्तृत टिप्पणी गर्न चाहनुभएन । तर विगतमा पनि आफूलाई लक्षित हत्या प्रयासका आशङ्का उठिसकेको सङ्केत दिँदै इरानबाट आउने जोखिमलाई हल्का रूपमा नलिनुपर्ने धारणा व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: