पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ। करिब डेढ महिनाको अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका २३३ परिवारको नाममा अन्यत्र पनि जग्गा रहेको उल्लेख गरिएको छ।
महानगरको प्रशासन महाशाखा प्रमुख तथा समितिका संयोजक कृष्ण तिवारीको नेतृत्वमा गठित समितिले वडा कार्यालयबाट सिफारिस भएका ५७४ निवेदनमाथि विस्तृत अध्ययन गरेको थियो।
समितिले जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणालीमार्फत आवेदकहरूको विवरण प्रमाणीकरण गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।
समितिका संयोजक तिवारीका अनुसार सरकारी डिजिटल प्रणालीको प्रयोग गरेर गरिएको अध्ययनका क्रममा केही आवेदकहरूको नाममा अन्यत्र पनि जग्गा रहेको पुष्टि भएको हो।
‘हामीले प्रविधिको प्रयोग गरेर प्रतिवेदन तयार गरेका छौँ। केन्द्रीय तहका सरकारी प्रणालीमार्फत अध्ययन गर्दा केही आवेदकको नाममा अन्यत्र जग्गा रहेको भेटिएको छ,’ तिवारीले भने।
अध्ययनका क्रममा सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले आफूहरूलाई हटाउनुअघि उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्। उनीहरूले सम्भव भएसम्म वडा नम्बर ९ भित्रै वा पायक पर्ने स्थानमा व्यवस्थापनको व्यवस्था मिलाउन महानगरसँग आग्रह गरेका छन्। समितिले उनीहरूको मागलाई पनि सुझावका रूपमा प्रतिवेदनमा समावेश गरेको छ।
यसैबीच, महानगरपालिकाले सुकुमबासी व्यवस्थापनका लागि उपयुक्त जग्गा खोज्न छुट्टै समिति गठन गरेको छ। पहिलो चरणमा समितिले ६ स्थान सिफारिस गरे पनि केही जग्गा अन्य संघ–संस्थाको स्वामित्वमा परेकाले नयाँ स्थान सिफारिस गर्न समय थप गरिएको छ।
वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा रहेको समितिले थप जग्गाको खोजी गरिरहेको महानगरले जनाएको छ। साथै, सिफारिस गरिएका जग्गाको प्राविधिक अध्ययन गर्न इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा अर्को समिति पनि सक्रिय रहेको छ।
महानगरले न्यायिक निरुपणका लागि छुट्टै समिति पनि गठन गरेको जनाएको छ। नगर प्रमुख आचार्यलाई बुझाइएको प्रतिवेदन अब बस्ने कार्यपालिका बैठकमा छलफलका लागि पेस गरिनेछ। कार्यपालिकाबाट स्वीकृति पाएपछि सुकुमबासी व्यवस्थापन र बसपार्क क्षेत्रको जग्गा संरक्षणसम्बन्धी थप प्रक्रिया अघि बढाइने महानगरपालिकाले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १३:०४
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमा...
आषाढ़ २६ गते, २०८३ - १२:४७
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथ...
आषाढ़ २६ गते, २०८३ - १२:३२
वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...
आषाढ़ २६ गते, २०८३ - १२:२१
पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...
आषाढ़ २६ गते, २०८३ - ११:५४
काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...
आषाढ़ २६ गते, २०८३ - ११:५०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...
आषाढ़ २६ गते, २०८३ - ११:४२
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...
आषाढ़ २६ गते, २०८३ - ११:१६
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...
आषाढ़ २६ गते, २०८३ - ११:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...



प्रतिकृया लेख्नुहोस्: