काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर फर्किएको चार दिनमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङ पुगेका छन्। यो भ्रमणलाई विश्व राजनीति र शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।
मंगलबार राति बेइजिङ विमानस्थलमा पुगेका पुटिनलाई चिनियाँ विदेशमन्त्री वाङ यीले स्वागत गरेका थिए। पुटिनले राष्ट्रपति सी चिनफिङसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ।
यो पुटिनको यस वर्षको पहिलो विदेश भ्रमण हो। विश्लेषकहरूका अनुसार यसले अहिलेको विश्व व्यवस्थामा चीनको बढ्दो प्रभाव र रुस–चीन सम्बन्धको गहिराइलाई संकेत गर्छ।
युक्रेन युद्धपछि पश्चिमी मुलुकले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाए पनि चीन भने रुसको प्रमुख आर्थिक साझेदार बनेको छ। विशेषगरी चीन अहिले रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो।
बीबीसीका अनुसार पुटिन र सीबीचको वार्तामा नयाँ ग्यास पाइपलाइन परियोजना मुख्य एजेन्डा बन्नेछ। उक्त पाइपलाइनमार्फत हरेक वर्ष करिब ५० अर्ब घनमिटर प्राकृतिक ग्यास चीन पठाउने योजना छ।
पछिल्ला महिनाहरूमा व्यापार, ऊर्जा र आर्थिक सहकार्य विस्तार गर्न विश्वका विभिन्न नेताहरू चीन पुगिरहेका छन्। ट्रम्पको भ्रमणलगत्तै पुटिनको चीन यात्रा हुनु पनि विश्व शक्ति केन्द्र पूर्वतर्फ सर्दै गएको संकेतका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - ०८:५८
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। राष्ट्रिय विभूति भक्ति थापाको ...
आषाढ़ २६ गते, २०८३ - ०८:५४
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित कुल बजेटमध्ये ८२.७४ प्रतिशत खर्च भएको जनाएको छ। आर्थिक वर्षको अन्तिम दिन (...
आषाढ़ २६ गते, २०८३ - ०८:५२
समावेशी आयोगको प्रतिवेदनमाथि छलफल हुने
आषाढ़ २६ गते, २०८३ - ०८:४७
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, ...
आषाढ़ २६ गते, २०८३ - ०८:४६
काठमाडौं । नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वमन्त्री गोविन्दराज जोशीविरुद्धको अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दा २३ वर्षपछि अन्ततः टुंगि...
आषाढ़ २६ गते, २०८३ - ०८:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यताको परीक्षा नलिन चेतावनी...
आषाढ़ २६ गते, २०८३ - ०८:२९
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएक...
आषाढ़ २६ गते, २०८३ - ०८:२३
हुम्ला । हुम्लाको स्याँडा गाउँमा पहिलोपटक गाडी पुगेको छ । हुम्लाको सिमकोट गाउँपालिका–८ मा अवस्थित स्याँडा कर्णाली नदीपारि छ । गाउँपालिकाले आर्थिक ...
आषाढ़ २६ गते, २०८३ - ०८:१८
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको जडीबुटी क्षेत्रबाट पैदलयात्रुलाई दुःख दिएको आरोपमा ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
आषाढ़ २६ गते, २०८३ - ०८:१६
काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था अझै जटिल रहेको छ। उनी हाल वीर अस्पतालको बर्...



प्रतिकृया लेख्नुहोस्: