Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

‘हिजो बन्दुक बोकेकाहरूको सपना, आज संसद् र सिंहदरबारसम्म

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको संसद् र राज्यसंरचनामा देखिएको विविधता तथा समावेशितालाई आफूहरूले सञ्चालन गरेको जनयुद्ध र राजनीतिक आन्दोलनको उपलब्धि भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले विगतको सशस्त्र संघर्ष, जनआन्दोलन र राजनीतिक परिवर्तनकै कारण आज फरक–फरक पृष्ठभूमिका मानिसहरू राज्यको उच्च तहसम्म पुग्न सफल भएको दाबी गरे ।

उनले संसद्‌भित्रको दृश्यतर्फ संकेत गर्दै अब सदन सीमित वर्ग र शक्तिशाली परिवारको मात्र थलो नभएको बताए । “आज सदनमा जसको प्रवेश भए पनि आफ्नैजस्तो लाग्छ,” भन्दै उनले विगतमा राज्यबाट बाहिर पारिएका समुदाय, क्षेत्र र वर्गका प्रतिनिधिहरू अहिले नीति निर्माणको केन्द्रमा पुगेको उल्लेख गरे ।

प्रचण्डले आफ्नो सम्बोधनका क्रममा अहिलेको राजनीतिक परिवर्तनलाई केवल सत्ता फेरबदलका रूपमा नभई सामाजिक संरचनाको परिवर्तनका रूपमा व्याख्या गर्ने प्रयास गरे । उनले जनयुद्धका बेला उठाइएका एजेन्डाहरू समावेशिता, संघीयता, समानुपातिक प्रतिनिधित्व र नयाँ पुस्ताको उदय  अहिले व्यवहारमा देखिन थालेको दाबी गरे ।

उनले विशेषगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह प्रधानमन्त्री बनेको प्रसंग उल्लेख गर्दै त्यसलाई “परिवर्तनको प्रतीक” का रूपमा चित्रित गरे ।

“बालेन्द्र शाह काठमाडौं मेयर हुँदै प्रधानमन्त्री बन्नुभएको छ । पार्टी फरक होला, विचार फरक होला, तर मलाई यो क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ,” उनले भने ।

प्रचण्डको भनाइमा, विगतमा परम्परागत दल र सीमित राजनीतिक वृत्तबाहिरका व्यक्तिहरूले देशको नेतृत्व गर्ने कल्पना पनि कठिन थियो । तर अहिले स्वतन्त्र छविका नेताहरू, नयाँ पुस्ता र फरक पृष्ठभूमिका मानिसहरू राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा पुगेको अवस्था बनेको उनले बताए ।

उनले परिवर्तनलाई संस्थागत गर्न सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे । सो क्रममा उनले Rastriya Swatantra Party सँग सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको अनुभव सुनाए ।

त्यस्तै, उनले रास्वपाका सभापति रवि  लामिछानेे र प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिँदै नयाँ पुस्ताको नेतृत्वप्रति सकारात्मक टिप्पणी गरे ।

उनको सम्बोधनलाई सत्ता समीकरणभन्दा माथि उठेर ‘राजनीतिक परिवर्तनको स्वामित्व’ लिन खोजिएको अभिव्यक्तिका रूपमा पनि हेरिएको छ । यद्यपि विपक्षी दलहरूले भने प्रचण्डले जनयुद्ध र वर्तमान राजनीतिक उपलब्धिबीच अत्यधिक श्रेय लिन खोजेको भन्दै आलोचना गर्ने सम्भावना देखिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थपलियालाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता, किरणलाई नेता बनाउने तयारी

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको छ। एमाले प्रदेश संसदीय दलको कार्यालयम...

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

सल्यान। भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडक...

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

मलङ्गवा । सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिरअगाडि भेल...

जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून संशोधन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजी जग्गा प्राप्तिसम्बन्धी पुरानो कानून समयानुकूल संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ओखलढुंगाका चोपिन्द्रबहादुर ता...

फिफाको निलम्बनपछि नेपाली फुटबल ठप्प, फुकुवा गर्न संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफाले) अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्बन गरेपछि नेपाली फुटबलको अन्तर्राष्ट्रिय गतिविधि प्रभावित भएको छ।...

एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदनले के देखायो ?

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको ...

गृहमा १२९ कर्मचारी दरबन्दी थपिँदा सहसचिवको संख्या घट्यो

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ मार्फत मन्त्रालयअन्तर्गतका विभिन्न निकायको कर्मचारी दरबन्दी पुनरावलोकन गरेको...

कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिबा...

सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम

काठमाडौँ। सरकारी कार्यालयबाट सेवा लिन नागरिकले पेस गर्ने निवेदनको ढाँचामा अब एकरूपता कायम हुने भएको छ। सरकारले निवेदन प्रक्रियालाई सरल बनाउँदै सार्वजन...

भेरी नदीमा जिप खस्दा २ जना बेपत्ता, दुई जना घाइते

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बाङ्गिरहनजिकै जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिपमा सवार अन्य दुई जना भने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending