Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

शिक्षा ऐन २०२८ मा हेरफेर : नदेखिएका विषय वा देख्न नखोजिएका विषय

लक्ष्मी न्यौपाने
लक्ष्मी न्यौपाने

देशमा व्यवस्था फेरियो तर सामुदायिक विद्यालय र शिक्षकका समस्या फेरिएनन् । विद्यालय छिर्दा आज पनि हामी शिक्षकहरू एउटा कानुनी चक्रव्यूहमा छौँ, जहाँ दुईवटा कानुनको रस्साकस्सी चलिरहेको छ । ७५३ वटा स्थानीय तहका आफ्नै नियम छन् भने केन्द्रको २०२८ सालकै पुरानो शिक्षा ऐनको आफ्नै ढिपी छ । यी दुईको मारमा परेर विद्यालय र शैक्षिक भविष्यलाई कतिन्जेल पिरोलिरहने भन्ने प्रश्न आज झन् गम्भीर बनेको छ ।

​अहिले सरकारले केही ऐनहरू संशोधन गर्न अध्यादेश २०८३ ल्याएको छ । अध्यादेशले विद्यालय व्यवस्थापन समितिको गठनमा रहेको एउटा पुरानो जटिलतालाई हटाउने प्रयास त गरेको छ । अधिकांश नाम मात्रका बुद्धिजीवी र स्वघोषित शिक्षाप्रेमीहरू जो राजनीतिक पहुँचका आधारमा विव्यसमा छिर्थे उनीहरूसँग शिक्षा ऐन २०२८ ले अहिले आएर सम्बन्ध विच्छेद गरिदिएको छ । यो व्यवस्थाले विद्यालयमा अनावश्यक राजनीतिक हस्तक्षेप कम गर्ने र वास्तविक अभिभावकको भूमिका बढाउने आशा त जगाउँछ तर के सबै सहयोगी हातहरूलाई एउटै बाकसमा राखेर बिदा गर्नु सही हो ?

​यहाँ सरकारलाई मेरो सिधा प्रश्न छ, दिनदिनै किताब हेर्ने पाठ्यक्रम पल्टाउने र त्यसलाई कक्षाकोठामा कार्यान्वयन गर्ने शिक्षक प्राध्यापकले जति यो क्षेत्रको मर्म अरू कसले बुझेको होला ? नीति बनाउने ठाउँबाट शिक्षक प्रतिनिधिहरूलाई नै हटाएर के एसी कोठामा बसेर फाइल पल्टाउने हाकिमहरूले मात्रै लेखेको भरमा हाम्रो शिक्षा सुध्रिन्छ ? जसले विद्यार्थीको भविष्यका लागि पसिना बगाउँछ र अभिभावकसँग प्रत्यक्ष भिज्छ उसैलाई नीति बनाउँदा चाहिँ किन निषेध गरिएको ?

​अर्कोतिर स्थानीय सरकार सञ्चालन ऐन २०७४ र शिक्षा ऐन २०२८ बीचको नीतिगत टकरावले सामुदायिक विद्यालय सञ्चालनलाई नै गिजोलेको छ । नेपाल सरकारबाट स्रोत लिएर चल्ने स्थानीय तहहरू पनि हामी स्वायत्त छौँ भन्दै घमण्ड देखाउँछन् तर त्यही स्वायत्तता केन्द्रको ऐनसँग बाझिँदा विद्यालय सञ्चालनको अनुमति र विव्यस गठन जस्ता आधारभूत अधिकारमा समेत ठुलो अन्योल छ । एउटा ऐनले एउटा कुरा भन्छ अर्कोले अझै पुरानै बाटो र वैधानिकता खोज्छ । शिक्षकको सरुवा र वृत्ति विकासमा त झन् यति धेरै अन्योल छ कि तलब एउटा सरकारबाट खानुपर्ने र सरुवा वा अवकाशका लागि अर्को सरकारको कानुन कुर्नुपर्ने !

​विद्यालय र समाजको सम्बन्ध जोड्ने मनोनित सदस्य हटाएर विद्यालयलाई केवल सरकारी अड्डो मात्रै बनाउन खोजिएको भान हुन्छ ।  आफ्ना सामुदायिक विद्यालय सुधार्नुको सट्टा विदेशी विश्वविद्यालयको सम्बन्धनलाई बाटो खोल्न हतारिनुले राज्यको प्राथमिकता कता छ भन्ने प्रस्ट पार्छ। के यस्तै विभेदकारी र अव्यवहारिक नीतिबाट शैक्षिक क्रान्ति सम्भव छ ?

​नेपाल सरकारले बुझ्नुपर्छ सामुदायिक विद्यालय सञ्चालन र शिक्षक प्रशासनमा देखिएको यो तादम्यताको अभावलाई नसुल्झाई विद्यालयलाई कहिलेसम्म अभिभावकविहीन बनाइराख्ने हो ? अध्यादेशमा बुँदा थपेर मात्रै शिक्षामा आमुल परिवर्तन आउँदैन। हामीलाई अधिकारको रस्साकस्सी होइन बरु निर्धक्कसँग पढाउने वातावरण र सबैले बुझ्ने एउटै प्रस्ट कानुन चाहिएको हो ।

स्थानीय सरकार सन्चालन ऐन र शिक्षा ऐनमा बाझिएका बिषयहरू कहिले मिल्ने हुन् ? यतिका वर्षसम्म यो अन्योल कसले देखिदिने होला ? कसले हेरिदिने होला ? शिक्षाको वास्तविक मर्म बुझ्ने पाठ्यक्रम अध्ययन गर्ने पाठ्यपुस्तक अध्ययन गर्ने र त्यो विषयवस्तुलाई लगेर कार्यान्वयन गर्ने शिक्षक र प्राध्यापकको प्रतिनिधिलाई नीति बनाउने र सुझाव दिने ठाउँबाटै बाहिर राखेपछि अब कसले वास्तविक समस्या देख्ला ? कसले सही सल्लाह देला ?

(लेखक न्यौपाने दाङको तुलसीपुरस्थित श्री सरस्वती चौतारा माध्यमिक विद्यालयकी प्रधानाध्यापक हुन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending