काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा वरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ डा। नूतन शर्मासँग प्रहरीले बयान लिएको छ।
ललितपुर प्रहरीले शुक्रबार बयान लिएपछि डा. शर्मालाई हाजिर जमानीमा रिहा गरेको हो। ललितपुरका प्रहरी प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई हाजिर जमानीमा राखेर अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार असार १४ गते बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा किशोरीको डिम्ब निकालिएको आरोप छ। घटनाबारे अनुसन्धान गर्न पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए। जाहेरीमा डिम्ब निकाल्ने चिकित्सक तथा घटनामा संलग्न भनिएका बिचौलियामाथि अनुसन्धान गर्न माग गरिएको थियो।
यसअघि प्रहरीले लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो। उनलाई पनि हाजिर जमानीमा राखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा डा। शर्मा र गोतामेबीच आर्थिक कारोबार भएको विवरणसमेत प्रहरीले फेला पारेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा सन् २०२५ को डिसेम्बरमा डा। शर्माले गोतामेको खातामा दुई पटक ५०र५० हजार रुपैयाँ पठाएको विवरण भेटिएको जनाइएको छ।
प्रहरीका अनुसार किशोरीलाई डिम्ब निकाल्दा केही नहुने र रकमसमेत पाइने भन्दै प्रलोभनमा पारिएको भनिएको छ। त्यसपछि उनलाई गोतामेमार्फत अस्पतालको आईभीएफ सेन्टरमा लगिएको अनुसन्धानबाट खुलेको बताइएको छ।
किशोरीले सुरुमा हार्मोनसम्बन्धी इन्जेक्सन लगाइएको र करिब एक सातापछि डिम्ब निकालिएको प्रहरीसमक्ष बयान दिएको विवरण सार्वजनिक भएको छ। त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि परिवारले घटनाबारे जानकारी पाएको र उनको उपचारसमेत गरिएको बताइएको छ।
डा। शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि अदालतसँग दुई पटक अनुमति मागेको थियो। तर अदालतबाट अनुमति नआएपछि सरकारी वकिलको सहमतिमा उनलाई हाजिर जमानीमा राखेर थप प्रमाण संकलन भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्ति तथा डिम्ब निकाल्ने प्रक्रियामा कानुनी मापदण्ड पालना भए–नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान पूरा नभएसम्म घटनामा संलग्न भनिएका कुनै पनि व्यक्तिलाई दोषी ठहर गर्न नमिल्ने भएकाले प्रहरीले प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - १४:३३
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक वृद्वाको घाँटी रेटेर हत्या भएको छ । ७५ वर्षीया काली सार्की घरभित्रै हत्या भएको अबस्थामा फेला परेको ह...
श्रावण २४ गते, २०८३ - १४:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई सरकारको नीति निर्माण तथा कार्यान्वयनसँग जोड्न ‘नागरिक, नीति र ने...
श्रावण २४ गते, २०८३ - १३:४०
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले हालै गम्भीर राजनीतिक अस्थिरताको चरण पार गरेको बताएका छन्। उनले देशभित्रको असन्तोषलाई उपयोग...
श्रावण २४ गते, २०८३ - १३:३२
काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको घटनामा वरिष्ठ स्त्रीरोग तथा आईभीएफ विशेषज्ञ ...
श्रावण २४ गते, २०८३ - १३:१०
दैलेख। दैलेखमा एक युवक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–६ स्थित डेराको कोठा...
श्रावण २४ गते, २०८३ - १२:४८
बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला परेका छन्। ६५ वर्ष...
श्रावण २४ गते, २०८३ - १२:१९
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको वर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएको छन् ।...
श्रावण २४ गते, २०८३ - ११:४८
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुन: प्रतितोला ३ लाख रुपैयाँको सीमा पार गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य प्र...
श्रावण २४ गते, २०८३ - ११:३६
पोखरा । खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएपछि पोखरामा ग्यास वितरण प्रणालीलाई सहज बनाउने प्रयास थालिएको छ...
श्रावण २४ गते, २०८३ - ११:०७
कप्तानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । ज...



प्रतिकृया लेख्नुहोस्: