मुगु । मुगुम कार्मारोङ गाउँपालिका–६ की ४१ वर्षीया टोमा लामाको शव चार दिनपछि कर्णाली नदीमा फेला परेको छ। वैशाख २२ गते रातिदेखि सम्पर्कविहीन उनी शुक्रबार रिउस बगरस्थित कर्णालीमा मृत फेला परेकी हुन् ।
स्थानीयवासी ठिल्ले लामाले नदीमा शव तैरिरहेको देखेपछि प्रहरी चौकी पुलुलाई खबर गरेका थिए। त्यसपछि प्रहरी नायब निरीक्षक वीरबहादुर चन्दको नेतृत्वमा खटिएको पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। दुर्गम भूगोल, तीव्र बहाव र जोखिमपूर्ण नदी किनारका बीच प्रहरीले शव निकालेर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाका अनुसार टोमा लामा मंगलबार राति करिब ८ बजेतिर घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्।
परिवार र स्थानीयले खोजी गरे पनि कुनै अत्तोपत्तो लागेको थिएन। चार दिनपछि उनको शव नदीको बीच भागमा तैरिएको अवस्थामा भेटिएको हो। घटनाले मुगुम कार्मारोङ क्षेत्रमा शोक र त्रास फैलिएको छ।
आफन्तजन घटनापछि स्तब्ध बनेका छन्, भने स्थानीयले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। प्रहरीले मृत्युको कारण खुलिनसकेको बताउँदै घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...
श्रावण २४ गते, २०८३ - ०८:२३
काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरो, सडक भासिने र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। प्रमुख राजमार्ग तथा करिडोरका विभिन्न खण...
श्रावण २४ गते, २०८३ - ०८:१७
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न स्थापना गरिएको ‘क्विक रेस्पोन्स’ टिम सक्रिय बनेको छ। ग्या...
श्रावण २४ गते, २०८३ - ०८:१३
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाश...
श्रावण २४ गते, २०८३ - ०८:०९
खोटाङ । गोडमेल गर्ने बेलामा धान खेतमा पहिरोको लेदो र गेगर पसेपछि खोटाङका किसानको वर्षदिनको मेहनत जोखिममा परेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक...
श्रावण २३ गते, २०८३ - २१:४१
काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...



प्रतिकृया लेख्नुहोस्: