नवलपुर। नवलपुरको देवचुली–१६ टाँगीकोटका ७५ वर्षीय जिवनराम थनेको हत्या गरी सुनका गरगहना लुटपाट गरी फरार एक जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० ले बाग्लुङको गल्कोट नगरपालिका–९ का ३१ वर्षीय संजय विकलाई काठमाडौंबाट पक्राउ गरेको हो ।पक्राउ परेका विक यसअघि विभिन्न ज्यान मुद्धामा संलग्न रही भदौ २४ गते जेननी आन्दोलनमा फरार भएको खुलेको छ ।
उनले गत चैत २३ गते बिहान देवचुलीका थनेत र उनकी ७१ वर्षीया गुलबसनीया थनेतलाई घरमै आक्रमण गरी गरगहना लुटेर भागेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
आक्रमणबाट श्रीमानको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उसैदिन मृत्यु भएको थियो भने श्रीमतीको सोही अस्पतालमा अहिले पनि उपचार भइरहेको छ ।
घटनाको लामो समयसम्म पनि दोषी पत्ता लगाउन प्रहरी असफल भएको भनेर आलोचना भइरहेका बेला सीआइबीले विकलाई २५ दिनपछि काठमाडौँको सुकेधाराबाट पक्राउ गर्न सफल भएको हो । प्रहरी दोषी पत्ता लगाउन नसकेको भन्दै प्रतिनिधि सभामा समेत आवाज उठेको थियो ।
विकविरुद्ध यसअघि २०७२ असारमा जिल्ला प्रहरी कार्यालय कास्कीमा चोरी मुद्धा दर्ता भएको, २०८० मङ्सिर ५ गते महिलाको हत्या गरी लुटपाट गरेको घटनामा वडा प्रहरी कार्यालय बेदाम कास्कीमा ज्यान सम्बन्धि कसुर र डाँका मुद्धामा अनुसन्धान पश्चात २०८१ साउन २९ गतेदेखि पुर्पक्षका लागि कास्की कारागारमा रहेकोमा जेनजी आन्दोलनका क्रममा भागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
सीआइबीले विकको साथबाट तीन लाख ७५ हजार नगद, विभिन्न ब्राण्डका तीन थान मोवाइल सेट, नेपाल टेलिकमका ४ थान सिम र एनसेलका चार थान सिम बरामद गरेको पण्डितले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: