मुस्ताङ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ स्थित चराङमा नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नृत्य स्याब्रो र टुङ्नाबाजा बजाउने प्रशिक्षण दिइएको छ ।
‘ज्येष्ठ नागरिकमा रहेको परम्परागत ज्ञान सीप र अनुभव अन्तर पुस्ता हस्तान्तरण’ कार्यक्रमअन्तर्गत लोघेकर दामोदरकुण्ड–१ चराङ गाउँका नयाँ पुस्तालाई परम्परागत सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजाको प्रशिक्षण दिइएको हो । गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एकीकृत सेवा कार्यालय मुस्ताङले सोमबार परम्परागत ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमको समन्वय लोघेकर दामोदरकुण्ड गाउँपालिकाले गरेको थियो ।
स्थानीय लोपोन्मुख अवस्थामा रहेको स्थानीय सांस्कृतिक नाच स्याब्रो र टुङ्ना बाजालाई संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर पुस्ता ज्ञान सीप र अनुभव हस्तान्तरण कार्यक्रम आयोजना गरिएको एकीकृत सेवा कार्यालयका प्रमुख निरपति दर्जीले जानकारी दिए। उक्त कार्यक्रममा चराङ मानेपेमे आमा समूहका ज्येष्ठ नागरिकले चराङ गुम्बा विद्यालय र आनी गुम्बा विद्यालयका विद्यार्थीलाई परम्परागत नाच स्याब्रो नाच्ने कलाको प्रशिक्षण गराइएको छ । त्यसैगरी परम्परागत टुङ्ना बाजाको प्रशिक्षण स्थानीय ज्येष्ठ नागरिक टैआङ्गे गुरुङले गरे ।
सदियौँ वर्षदेखि सांस्कृतिक धरोहरका रूपमा रहेको स्याब्रो नाच र परम्परागत बाजा टुङ्ना उपल्लो मुस्ताङको मौलिक संस्कृति रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उल्लेख गरे। माथिल्लो मुस्ताङको महत्त्वपूर्ण चाडपर्वमा यसप्रकारको स्याब्रो नाच देखाइने गरिएको उनको भनाइ छ ।
“स्याब्रो र टुङ्ना बाजा चाडपर्वमा देखाइने गरिन्छ, यसप्रकारको परम्पराले यहाँको मौलिक कला, संस्कृतिलाई जीवन्त राखेको छ”, अध्यक्ष विष्टले भने, “पछिल्लो समय नयाँ पुस्ता विदेश पलायन हुने र गाउँघरमा भएका युवाले पनि आधुनिकतालाई पछ्याउँदै संस्कृति जोगाउन मुस्किल परेको छ ।”
उपल्लो मुस्ताङमा बर्सेनि मनाइने यार्तुङ पर्व, तिजी पर्व र धज्याङ पर्वलगायत सांस्कृतिक चाडपर्वमा स्याब्रो नाच र टुङ्ना बाजा बजाउने प्रचलन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: