तनहुँ । तनहुँ जिल्लाका सरकारी कार्यालयहरूले प्रशासनिक सेवालाई झन्झटमुक्त, चुस्त र नागरिकमैत्री बनाउन ‘शून्य फाइल सप्ताह’ को अवधारणा कार्यान्वयनमा ल्याएका छन् । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न कार्यालय प्रमुखहरूको बैठकले सेवा प्रवाहमा हुने ढिलासुस्ती अन्त्य गरी सकीय सुधारका लागि यो नयाँ मोडेल अपनाउने सामूहिक सङ्ल्प गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधारका १०० कार्यसूचीलाई जिल्लास्तरमा प्रभावकारी ढङ्गले लागू गर्न यो अभियान सुरु गरिएको बताए। “हामीले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा बिचौलियाको प्रवेशलाई पूर्णत: निषेध गर्ने निर्णय गरेका छौँ,” प्रजिअ तिवारीले भने, “कुनै पनि फाइल लामो समयसम्म टेबलमा थन्किएर नरोकिउन् भन्नका लागि ‘शून्य फाइल सप्ताह’ लाई अभियानकै रूपमा अगाडि बढाइएको छ ।” यस मोडेलअनुसार अब कुनै पनि फाँटमा आएको फाइललाई एक हप्ताभित्रै किनारा लगाउनुपर्नेछ ।
प्रशासनले नागरिकको घरदैलोसम्म सरकारी सेवा पुर्याउन जिल्ला हुलाक कार्यालयसँग समन्वय गरी राहदानी लगायतका प्रमाणपत्रहरू घरमै पुर्याउने व्यवस्थाको सुरुवात गरेको छ । यस्तै, सेवानिवृत्त कर्मचारीका लागि ‘इ–पेन्सन’ प्रणालीलाई प्रभावकारी बनाउने र लामो समयदेखि एउटै फाँटमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरी कार्यसम्पादनमा ताजगी ल्याउने योजना समेत अघि सारिएको छ ।
आर्थिक सुशासन कायम गर्न सबै राजस्व सङ्कलन बैंकिङ प्रणालीमार्फत गर्ने र सरकारी कोष बाहिरका खर्चहरूको अनिवार्य प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने कडा नियम बनाइएको छ । विकास खर्चको अवस्था सङ्घीयतर्फ २० प्रतिशत र प्रदेशतर्फ ३३ प्रतिशत मात्रै देखिएकाले बाँकी अवधिमा कामको गति बढाउन र समयमै भुक्तानी प्रक्रिया सक्न प्रशासनले सबै आयोजनालाई ताकेता गरेको छ। प्रजिअ तिवारीका अनुसार प्राकृतिक स्रोतको अवैध उत्खनन र राजस्व चुहावट नियन्त्रणमा स्थानीय तहसँग मिलेर कडा अनुगमन गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: