तनहुँ। नेपाल सरकारले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीअनुसार सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने नीतिले तनहुँमा हुलाक सेवाको कार्यचाप उल्लेख्य रूपमा वृद्धि भएको छ। कुनै समय सुस्ताउँदै गएको हुलाक सेवा अहिले राहदानी वितरण र चिठीपत्र आदानप्रदानमा सक्रिय भएपछि कामको चाप तेब्बरले बढेको हो।
बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित हुलाक कार्यालयका प्रमुख प्रतीक्षा अधिकारीका अनुसार पहिले दैनिक करिब ४० वटा चिठीपत्रको काम आउने गरेकामा हाल त्यो संख्या बढेर १५० सम्म पुगेको छ। उनले भने, “पहिले कामको चाप घट्दो क्रममा थियो, तर अहिले शासकीय सुधारका योजना र जनतालाई घरदैलोमै सेवा पुर्याउने व्यवस्थाले सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको छ।”
जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख शिरीष उपाध्यायले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सेवाग्राहीको घरमै पुगेर राहदानी वितरण सुरु गरिएको जानकारी दिए। उनका अनुसार राहदानीका लागि घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने र लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्न यो अभियान प्रभावकारी बनेको छ। अभियानकै क्रममा व्यास नगरपालिका–५ की समीक्षा ओझालाई घरमै पुगेर राहदानी हस्तान्तरण गरी सेवाको शुभारम्भ गरिएको थियो।
डुम्रेमा कार्यरत हल्कारा सुनिता पोख्रेलले सेवाग्राहीको घरघरमै पुगेर सरकारी कागजात र राहदानी बुझाउँदा नागरिकमा राज्यप्रति भरोसा बढेको बताउनुभयो। उहाँले भन्नुभयो, “राहदानी लगायतका संवेदनशील कागजात सुरक्षित रूपमा हातैमा पाउँदा सेवाग्राही निकै खुसी हुनुहुन्छ, यसले हामी कर्मचारीलाई पनि सेवा प्रवाहमा थप उत्साह मिलेको छ।”
अर्का हल्कारा ओमबहादुर कुमालका अनुसार डुम्रे बजार तनहुँका अतिरिक्त छिमेकी जिल्लाहरू गोरखा, लमजुङ र मनाङका लागि समेत केन्द्र भएकाले चिठीपत्रको चाप बढेको हो। विशेषगरी बैंक तथा वित्तीय संस्थाका पत्राचारको चाप पनि बढ्दै गएको उनले बताए।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सरकारी सेवालाई झन्झटमुक्त र नागरिकमैत्री बनाउने सरकारको नीतिअनुसार घरमै राहदानी उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइने बताए।
घरमै सेवा पाउँदा समय र पैसाको बचत हुनुका साथै खेतीपातीको समयमा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। व्यास नगरपालिका–५ बरबोट निवासी शिवराज ओझाले सरकार जनताको घरदैलोमा आएको अनुभूति भएको बताए। उनले भने, “सहज सेवा पाउँदा सरकारप्रति भरोसा बढेको छ।” छोरीको राहदानी लिन जाँदा दिनभर समय र करिब दुई सय रुपियाँ गाडी भाडा बचत भएको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...
आषाढ़ १ गते, २०८३ - १७:१६
काठमाडौं । सर्वोच्च अदालतले नागरिकको दैनिक जीवन, आवतजावत र सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएका सार्वजनिक संरचनाको व्यवस्थापनमा विशेष ध्यान दिन सरकारलाई...
आषाढ़ १ गते, २०८३ - १७:०३
जनकपुर । मधेश सरकारले २०७५ सालमा सुरु गरेको चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गर्दै नयाँ स्वरूपमा कार्यान्वयन गर्ने भएको छ। ...
आषाढ़ १ गते, २०८३ - १६:५३
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओराल...
आषाढ़ १ गते, २०८३ - १६:४२
जुम्ला। तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आ...
आषाढ़ १ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्र...
आषाढ़ १ गते, २०८३ - १५:५३
पश्चिम नवलपरासी। एक साताअघि भारतीय सशस्त्र सिमा बल(एसएसबी) को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर सम...
आषाढ़ १ गते, २०८३ - १५:४२
जनकपुरधाम। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सो...
आषाढ़ १ गते, २०८३ - १५:२१
जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीका कारण सेवाग्राहीलाई क्षतिपूर्ति दिने व्यवस्था लागू गर्ने जनाएको छ। आर्थिक वर्ष २०८३...



प्रतिकृया लेख्नुहोस्: